राष्ट्रिय दैनिक / नवलपरासी ,१२ मंसिर
पश्चिम नवलपरासीको सुनवलमा आज देखी चौथो सुनवल महोत्सव सुरु भएको छ ।
उद्योग वाणिज्य संघ सुनवलको आयोजनामा संघका अध्यक्ष रमेश कर्मचार्यको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवार सन्तुकाे प्रमुख आतिथ्यतामा मेल समुद्घाटन भएको हाे।

महोत्सव उद्घाटन गर्दै मन्त्री कलवारले उद्योग मैत्री वातावरण गराउन लागि पर्ने बताउनु भयो । साथै मन्त्री कलवारले अहिले बनमा करोडौँका काठहरू कुहिने अवस्थामा रहेकाले यसलाई तत्कालै लिलामी प्रक्रियामा लैजाने गरी प्रदेश सरकार अघि बढ्न लागेको बताउनुभयो ।

महोत्वस उद्घाटनमा लुम्विनी प्रदेश सभा सदस्य खड्ग बस्नेत,प्रदेश सभा सदस्य बैजनाथ जैसवाल, खानेपानी उपभोक्ता महासंघ लुम्बिनी प्रदेश संयोजक थान प्रसाद गैरे, नेकपा माओवादी केन्द्रिय सदस्य भविश्वर तिवारी, सुनवल नगरपालिका नगर प्रमुख विमला अर्याल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगाएतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा विभिन्न राजनैतिक दल,संघसंस्था,कार्यालयका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मेला समुद्घाटन पुर्व सुनवल चौराहा सि गेटबाट विभिन्न संघसंस्था,आदिवासी जनजाति संगठन,आमा महिला समुह, विद्यालयको र्यालि, झाकि,प्रर्दशनी, नाचगान सहित मेला स्थल सम्म प्रभातफेरी र्याली गरीएको थियो ।
मेलामा सुनवलको पहिचान झल्किने गरि मुख्य प्रवेशद्धार बाबा बर्दगोरियाको साढेको मुर्ति र दायावाया कृष्ण मन्दिर बनाइनुका साथै गुरुङ,मगर तथा थारु समुदायको परम्पराग घर, तथा खानाको परीकार, कृषि, विज्ञान प्रदर्शनी र टिकटक जोन, होटल तथा व्यापारका स्टलहरु रहेका छन् ।
महोत्सवमा लघु उद्दमी , स्थानीय उत्पादन, कृषि, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी १ सय ५८ वटा स्टलहरु रहने आयोजक उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले जानकारी दिनुभयो ।

कृषि, उद्योग, व्यापार, कला र संस्कृति समग्र सुनवलको उन्नती भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव मंसिर २४ गते सम्म सन्चालन हुने छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

