नवलपरासी , १२ मंसिर
श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको छ।
१०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ महायज्ञ सम्पन्न गरिएको छ।

पुर्ब गा.बि.स अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका नवलपरासीको प्रमुख भगौती यादव (रुदल)काे प्रमुख आतिथ्यतामा भएको समान कार्यक्रममा बाेल्दै समन्वय प्रमुख यादवले नगरपालिकाको हकमा गर्नुपर्ने कार्य स्थानीय बासिन्दाको सहयोगमा भएकोमा धन्यवाद व्यक्त गर्दै हरेक क्षेत्रमा आगामी दिनमा यस्ता धार्मिक कार्यहरूको साथमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता जनाउनु भएको हाे। वहाँले समग्र सुनवलको विकासका लागि भौतिक पूर्वाधार र आधुनिकता मात्र होइन, धार्मिक सहिष्णुता र सामाजिक सद्भावनामा पनि जोड दिनुपर्ने कुरामा विचार व्यक्त गर्नुभएको थियो।

त्यस्तै सुनवल नगरपालिकाको नगरप्रमुख बिमला अर्याल र सुनवल नगरपालिकाको वडा ६ का अध्यक्ष हेमलाल शर्मा ( चापागाईं ) ले बाेल्नु भएको थियो ।

कार्यक्रममा सुनवल नगरपालिका भित्रको वडा नम्बर सात र आठका आमा समूह र स्थानीयबाट साढे सात लाख लक्ष्यबत्ति बलिएको थियो भने सुरुवात देखि (३-११) का दिनसम्म २२०९००० लाख बत्ति बालिएको थियो । तुलादान , ब्रतबन्धको साथमा यज्ञ सफल बनाउन सहयोग गर्ने दाताहरुलाई भजन कृतन सहित दाताको घरपरिवारलाई बाजागाजाको साथ सम्मान प्रदान गरिएको थियो ।

प्रबक्ता सोमबहादुर पौडेलले कार्यक्रमको महत्त्व र आयोजनाको जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन बिष्णु पाण्डेयले गर्नुभएको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

