रंजीत शर्मा/ नवलपरासी, १२ मंसिर ।
पश्चिम नवलपरासीको इतिहासमा सबै भन्दा कमजोर हालको प्रहरी प्रशासन रहेको जनता समाजवादी पार्टी नेपाल नवलपरासीले आरोप लगाएको छ।
आज एक पत्रकार सम्मेलन गर्दै जसपा नेपालले नवलपरासीका उधोगबाट निस्केको फोहोरले जनताको स्वास्थ्य तथा बालीनालीमा गम्भीर असर परेको विषयमा पनि पटक पटक जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गर्दा ध्यान न दिएको आरोप लगाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै जनता समाजवादी पार्टी नेपाल नवलपरासीका अध्यक्ष धरेन्द्र यादवले नवलपरासीका प्रहरी प्रशासन जनताको लागि न भई राजनीतिक दल तथा सत्ता लोभी भएको आरोप लगाएका छन्। उनले भने ” नवलपरासीका हकुई, सनई हुँदै भारत तर्फ बग्ने नदीमा उद्योगहरुले आफ्नो फोहोर पानी छोड्दा जनताको स्वास्थ्य सँगै बालिनानीमा समेत असर परेको छ। सिडियोलाई पटक पटक निवेदन, औपचारिक र अनौपारिकरुपमा ध्यानकर्षण गराउँदा समेत कानमा तेल हालेर बसेको आरोप लगाए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीले नेता र राजनीतिक दलको दवावमा काम सँगै मुद्दा दर्ता गर्दै गरेको आरोप लगाएका छन्। पत्रकार सम्मेलनमा उनले भने पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०४ को एक झै-झगडा घटनामा प्रहरीले राजनीतिक दवावमा परी हुनेखाने दोषी कै पक्षमा एक तर्फी हिसाबले मुद्दा दर्ता गरेको तर पीडित पक्षको मुद्दा दर्ता न गरेको आरोप लगाएका छन्। यस विषयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा बुझ्दा हुलाकबाट आएको उजुरीको आफूले सनाखत गराई सकेको तथा मुद्दा दर्ता प्रक्रियामा रहेको सूचना अधिकारी रेशम बोहराले बताए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

