Rashtriya Dainik

सय दिने विशेष अभियान सहितको अभिमुखिकरण प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै

आरपि उपाध्याय / नवलपरासी ,११ मंसिर

नेपाली काङ्ग्रेस नवलपुर जिल्ला अन्तर्गत स्थानीय तहहरुमा सय दिने विशेष अभियान सहितको अभिमुखिकरण प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका कार्यसमितिको आयोजनामा सय दिने कार्यक्रम अन्तर्गत अभिमुखिकरण सहितको प्रशिक्षण कार्यक्रम दुम्किबासमा मङ्गलबार सम्पन्न भएको हो।

नेपाली काङ्ग्रेसले सय दिने अभिमुखिकरण कार्यक्रम मार्फत पछिल्लो समय यता पार्टीको गतिविधि,पालिका वडा र टोल कार्यसमितिमा हुँदै आएको क्रियाकलापलाई अझबढी नागरिक र कार्यकर्ता केन्द्रित ढङ्गबाट सञ्चालन गर्न प्रशिक्षण दिइएको आयोजकले बताएको छ।

पार्टीद्वारा दिइएको निर्देशनलाई अनुशासित र शालीन ढंगले पालन गर्नुको साथै पार्टी र पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु बिच समन्वय गरि नागरिक केन्द्रित विकास निर्माण कार्यलाई प्राथमिकताका साथ समन्वय गर्न निर्देशन पनि दिइएको जानकारीमा आएको छ।

अभिमुखिकरण सहित प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि एवं नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोपाल दहितले नेपाली जनता प्रती पुर्ण उत्तरदायित्व बोकेको नेपाली काङ्ग्रेस पार्टीले लोकतन्त्रको रक्षा गर्दै नेपाली काङ्ग्रेस प्रती लक्षित आलोचनालाई बैचारिक ढंगले सामना गरि पाँच दलिय गठबन्धनबाट बनेको वर्तमान सरकार समयको माग रहेको पनि जिकिर गर्नुभयो।

कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछाने, गण्डकी प्रदेश सभा सदस्य एवं नवलपुर काङ्ग्रेस सभापति महेन्द्रध्वज जि.सी., प्रतिनिधि सभा सदस्य विष्णु कुमार कार्की, उपसभापति एवं प्रशिक्षण विभागका प्रमुख बालकृष्ण घिमिरे लगायतले पार्टी संगठन, पार्टी कार्यकर्ता र नेताहरूले पालन गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराउनु भएको थियो।

सो अवसरमा कार्यक्रम संयोजक एवं जिल्ला सहसचिव उदयराज अर्यालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नुभयो।
कार्यक्रममा प्रशिक्षण विभागका गोकुल सापकोटा र खेम सापकोटा लगायतले हालको समयमा उठेका विषयवस्तु केन्द्रित प्रशिक्षण दिनुभएको कार्यक्रम सञ्चालक प्रकाश कुवरले जानकारी दिनुभएको छ।

नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका सभापति अजित थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिका अन्तर्गतका महासमिति सदस्य,महाअधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति र पालिका सदस्य सहित वडा समिति तथा भातृ र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित