Rashtriya Dainik

नवलपरासी सीमा सहजीकरण समिति बैठकले गर्यो सीमासम्बन्धी विविध विषयमा निर्णय ।

बिनोद निगम/ नवलपरासी ,१० मंसिर

सशस्त्र प्रहरी बल,नेपाल (प्रस्तावित) सीमा सुरक्षा गुल्म हरपुर आमानीगञ्जमा आज बसेको सीमा सहजीकरण समितिको नियमित मासिक बैठकले विभिन्न निर्णय गरेको छ ।

समितिका अध्यक्ष वडा नं–१ का वडा अध्यक्ष चुल्हाई प्रसाद यादवको अध्यक्षतामा भएको बैठकमा सीमा सहजीकरणबारे छलफल भइ विविध निर्णय गरिएको हरपुर सशस्त्र प्रहरी बलका गुल्मपति विष्णु अधिकारीले बताए ।

सीमासम्बन्धी सूचना लिई गुल्मलाई जानकारी गराउने, सीमा अपराध नियन्त्रणमा आ-आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने, आपराधिक क्रियाकलाप भइरहेका र सम्भावित स्थलको पहिचान गर्ने,सीमा अपराध भएको सूचना आए रोकथाम गर्न आवश्यक समन्वय गर्ने, सीमा अपराधमा संलग्न व्यक्तिको पहिचान गरी अपराधको प्रकृति अनुसार कानूनी दायरामा ल्याउन सहयोग तथा समन्वय गर्ने लगायत निर्णय बैठकले गरेको हो ।

बैठकमा इलाका प्रहरी कार्यालय महेशपुरका प्रहरी निरीक्षक गंगादत बडुा ,वडा नं २ का अध्यक्ष जगदीश प्रसाद गुप्ता,वार्ड नं ६ का वडा अध्यक्ष किसान प्रसाद यादव,गुल्मका सशस्त्र प्रहरी नायक निरीक्षक ध्रुव कुमार थापा,महेशपुर भन्सार कार्यालयका सुब्बा,महेशपुर करेन्टइन करेन्टाइनका प्रमुख , आफन्त नेपाल,आशिष सामाजिक सेवा नेपाल,सिमा क्षेत्रका इन्चार्ज लगायतको उपस्थिति थियो ।

गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अधिकारीले सञ्चालन गरेको बैठकका सहभागी वक्ताहरुले आफ्नो क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि र अनधिकृत व्यक्तिको घुसपैठ रोक्न तथा सीमापार अपराध नियन्त्रणबारे छलफल गरी ऐक्यबद्धता जनाएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित