विनोद मण्डल / सिरहा , मंसिर १० ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ असारेका ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंसिर ९ गते रातिको करिब ८ बजेको समयमा त्रियुगा नगरपालिका वडा नं ४ बगहाबाट खत्रीलाई पक्राऊ गरी उनलाई रातीनै ईलाका प्रहरी कार्यालय लहानमा ल्याईएको प्रहरीले जनाएको छ ।
घटनापछि पीडित परिवारले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । स्थानीय सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिईएको बताईएको छ ।
घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खत्री पक्राउको खबरले स्थानियहरु कानूनी कारवाहीको माग गर्दै,ईलाका प्रहरी कार्यालय लहान पुगेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

