राष्ट्रिय दैनिक / नवलपरासी ,९ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारीमा ५ दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ।
प्रतापपुर गाउँपालिका वडा नम्बर ९ कार्यालयकाे आयाेजना तथा जन कल्याण सीप प्रशिक्षण केन्द्रकाे सहजिकरणमा आज एक कार्यक्रममा तालिम उदघाटन भएको हाे।

प्रतापपुर गाउँपालिका वडा नम्बर ९ काे वडा अध्यक्ष जय किसुन चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख आतिथ्यतामा भएको तालिम उदघाटन गर्दै अध्यक्ष यादवले सशक्तिकरणका लागि बोल्नेकला अत्यावश्यक भएको बताउनुभयो। पालिका स्थानीयबासि टोलटोलबाट जागरुक हुनुपर्ने आवश्यकता समेत रहेको बताउनुभयो । आफुभित्र गुम्सिएर रहेको प्रतिभालाई प्रष्फुटित गराउनुका साथै व्यक्तित्व विकासमा सहयोग पुर्याउन गरिने विभिन्न कार्यक्रमहरु मध्ये उद्घोषण शिक्षा पनि एक हो । यस किसिमको तालिमबाट आफ्नो प्रतिभा प्रस्फुटित हुनुका साथै सफल उद्घोषक बनेर समाज र राष्ट्रलाई अवश्य पनि केहि योगदान पुर्याउन सकिन्छ । तसर्थ तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई अध्यक्ष यादवले सुझाव दिनुभयो ।

त्यस्तै पालिका उपाध्यक्ष मान कुमारी चाैधरीले तालिमले आत्मविश्वास बढाउनुका साथै व्यक्तिमा निखारता ल्याउने भएकाले सक्रियता सहभागिता हुनुपर्नेमा जोड दिनुभएको थियोे ।

त्यस्तै वडा नम्बर ९ वडा अध्यक्ष जय किसुन चाैधरीले युवाहरुमा बोल्न सक्ने सीप र नेतृत्व गर्न सक्ने क्षमता अभिबृद्धिका लागि तालिम आयोजना गरिएको बताउनुभयो । ‘आजका युवाहरु भोलीको नेतृत्वकर्ता हुन्, अध्यक्ष चाैधरीले भन्नुभयो, ‘उनीहरुलाई बोल्ने कला र नेतृत्व लिन सक्ने सीप सिकाउन जरुरी देखिएकाले याे तालिम सन्चालन गरेको जानकारी समेत गर्नुभएको थियोे ।

तालिमका प्रमुख प्रशिक्षक सामाजिक अभियन्ता तथा पत्रकार उमेश बि.कले आजको यस गतिशिल युगमा मानिसको बोल्न सक्ने क्षमताको ठुलो महत्व छ । एउटा नेपाली कथन नै छ।”बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामलको पनि बिक्दैन ।” यदि कुनै पनि व्यक्तिले आफ्ना मनमा लागेका आवश्यक कुराहरु सम्बन्धित ठाउँमा, सम्बन्धित व्यक्तिसंग निसंकोच व्यक्त गर्न सक्यो भने निश्पक्ष पनि उसले व्यवहारिक रुपमा सफलता प्राप्त गर्छ। उद्घोषण तालिम लिइसकेपछि सबै प्रशिक्षार्थीहरुले कार्यक्रममा नै उद्घोषण गर्नुपर्छ भन्ने छैन । यसले व्यक्तिको व्यक्तित्व विकास गर्न पनि सहयोग पुर्याइरहेको हुन्छ । विद्यार्थी, डाक्टर, इन्जिनियर, वकिल, निजि वा सरकारी निकायमा काम गर्ने कर्मचारीहरु राजनितिज्ञ वा पुरोहित लगाएत अन्य साधारण व्यक्तिहरुका लागी पनि उद्घोषण शिक्षा उतिकै जरुरी रहेको बताउनुभयो ।

५ दिनसम्म चल्ने तालिममा ४३ जनाकाे सहभागी रहेको तालिम ब्यवस्थापक श्यामबदन हरिजनले बताउनुभयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

