कपिलवस्तु, ९ मंसिर
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने जाबेद आलम खां नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यमा मनोनीत भएका छन्।
जाबेद आलम खां माओवादी केन्द्रको राजनीति गर्दे आएका र जनता माझ लोकप्रिय नेता समेत मानिन्छन्।
उहां प्रदेश सदस्यमा मनोनीत भए पछि पार्टी समर्थक नेता तथा कार्यकर्ता तथा नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटीका पदाधिकारी हरूले उहां लाई बधाई दिएका छन्।
प्रदेश सदस्यमा चयन भए पछि बधाई दिदै नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां नेपालीले बताए की जाबेद आलम माओवादी केन्द्रका एक होनहार जुझारू नेता हुन। साथै उहां लामो समय देखि नगर अध्यक्ष पदमा रही पार्टी र पार्टी समर्थक नेता कार्यकर्ताको आफू बाट हुन सक्ने हरेक दुख सुखमा हातेमालो गर्दै अगाडि बढ्छन्। उहांको आगामी राजनीतिक यात्राको शुभकामना समेत दिए।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

