Rashtriya Dainik

धनधान्याञ्चल ज्ञान महायज्ञको शनिबार छैठौं दिन

नवलपरासी ,९ मंसिर

सबै उठौ , सबै जुटौ , यो महान अभियानमा कोहि पनि नछुटौ” भन्ने उद्घोषसँगै श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञको शनिबार छैठौं दिनको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नवलपरासी जिल्लाको सुनवल-६ बिशासयमा आयोजित महायज्ञको मुख्य उद्देश्य १०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनाको कार्यमा सहयोग पुर्याउनु हो। कार्यक्रममा चन्द्रकान्त पाठकको अध्यक्षता रहेको थियो भने मुख्य अतिथि बोधराज घिमिरे (बद्री) रहनुभएकाे थियो। घिमिरेले महायज्ञलाई पुण्यकार्यको रुपमा मूल्याङ्कन गर्दै यस धार्मिक क्षेत्रको प्रगतिको शुभकामना व्यक्त गर्दै यस क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

५ लाख अधिक लक्ष्यबत्ती बालिएको महायज्ञमा तुलादान, ब्रतबन्ध, झाकी, भजन कृतन लगायतका विभिन्न धार्मिक कार्यक्रमहरू भएको यस कार्यक्रमका प्रबक्ता सोमप्रसाद पौडेलले जानकारी दिनुभयो र कार्यक्रमको संचालन बिष्णु पाण्डेले गर्नु भएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित