Rashtriya Dainik

सरावलमा लाग्ने मेला सन्दर्भमा स्थानीयसंग छलफल तथा अन्तरक्रिया सम्पन्न

उमेश बि.क / नवलपरासी ,९ मंसिर

सरावल उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले माघमा गर्ने औद्योगिक व्यापार मेलाको लागि स्थानीयसंग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

संघको शनिबार सरावल गाउँपालिका वडा नम्बर १ र २ का स्थानीय संघ संस्था , राजनीतिक दल , शिक्षक,समाजसेवी ,बाैद्धिक ब्यक्तिसंग प्रथम सरावल कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक व्यापार मेला सन्दर्भमा बैठक बसिएकाे हाे।

संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा स्थानीयसंग छलफल तथा अन्तरक्रिया गरिएको हाे।

कार्यक्रममा स्थानीयबासीले उठाएकाे प्रश्नमाथी संघका अध्यक्ष शर्माले सरल रुपमा जवाफ दिनुभएको थियो ।

छलफल तथा अन्तरक्रिया कार्यक्रममा पालिका अध्यक्ष चाैधरीले प्रथम सरावल कृषि, पर्यटन, सँस्कृति तथा औद्योगिक व्यापार मेला सरावलकाे लागि गाैरवकाे विषय रहेको बताउनुभयो । मेलाले स्थानीय उत्पादनलाई बजारीकरण गराउनुकाे साथै यहाँको पर्यन प्रबर्द्धनमा ठुलो टेवा पुग्ने बताउनुभयो । मेला उद्योग बाणिज्य संघकाे मात्र नभएर हामी सबैकाे भएको हुनाले यसलाई सफल बनाउनका लागि सबैले सहयोग गर्न अनुरोध समेत गर्नुभएको थियो ।

“कृषि, पर्यटन, खेलकुद तथा उद्योगको पूर्वाधार, सरावलको दिगो विकास र अर्थतन्त्रको आधार” मुल नारा सहित माघ १० गते देखि माघ २१ गते सम्म सरावल १ बासाचाेकमा मेला लाग्ने संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादवले बताउनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित