वाणगंगा,८ मंसिर
नेपाल राष्ट्रिय शिक्षक संगठन वाणगंगा नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ ।
संगठनको तेस्रो नगर अधिवेशनले दुर्गा प्रसाद यादवको अध्यक्षता सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षद्वय नरेन्द्र खनाल,मेनका चौधरी र सचिव कृष्ण चन्द्र पासी रहनुभएको छ भने सह सचिवमा चन्द्रकला चौधरी, कोषाध्यक्षमा गोरखनाथ कुर्मी र सहकोषाध्यक्ष प्रमिला यादव रहनुभएको छ । संठनको नगरसमितिको सदस्यहरुमा जय प्रकाश चौधरी,कैलाश कुर्मी , निलम मिश्रा, सन्तमिलन कुर्मी ,चन्द्र प्रकाश कुर्मी ,विद्यावती कुर्मी ,उर्मिला देवी मिश्रा र प्रविण कुमार तिवारी रहनुभएको छ ।
कार्यक्रममा पुर्व मन्त्री बृजेश कुमार गुप्ताले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुको मेहनत आवश्यक भएको बताउनुभयो । उहाँले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै पेशागत हकहितको लागि संगठन सदृढ बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षक पेशा मर्यादित भएकाले भोलीको जनशक्ति कस्तो बनाउने जिम्मेवारी पनि शिक्षककै भएकाले यसको गरिमा बचाइराख्नु पर्नेमा जोड दिनुभयो ।

जानकी माध्यमिक विद्यालय महाराजगन्जमा आज शनिबार सम्पन्न तेस्रो अधिवेशन हरिराम गुप्ताको अध्यक्षता पुर्व मन्त्री बृजेश कुमार गुप्ताको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि प्रदेश सभा सदस्य नवराज लामिछाने ,पुर्व प्रदेश सभा सदस्य दृग नारायण पाण्डेय नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष रमेश पन्थी ,पुर्व नेकपा एमाले जिल्ला अध्यक्ष झबि लाल पोख्रेल,युवा समाजसेवी राम दास चौधरी,गंगेश नाथ तिवारी,निजामुद्दीन लगाएतको उपस्थितीमा सम्पन्न भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

