Rashtriya Dainik

हिन्दु युवा शक्ति कपिलवस्तुकाे पुर्न गठन, शिवराज नगरपालिकामा संगठन विस्तार

धर्मेन्द्र कुमार कुर्मी / कपिलवस्तु ,८ मंसिर

कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका वडा नं ३ खारेन्द्रपुरमा आज हिन्दु युवा शक्ति कपिलवस्तुकाे पुर्न गठन र शिवराज नगरपालिका नगर स्तरीय समिति गठन गरिएको छ ।

हिन्दु युवा शक्ति कपिलवस्तुकाे अध्यक्ष फागुराम पाण्डेय (ओम), बरिष्ठ उपाध्यक्ष सुनील कुमार शुक्ला, उपाध्यक्ष राज कुमार चाैधरी, सचिव घनश्याम यादव, सदस्य धर्मेन्द्र कुमार कुर्मी र प्रेस सल्लाहकार धनी राम काेरी चयन हुनुभएको छ शिवराज नगरपालिकाकाे नगर स्तरीय हिन्दु युवा शक्ति कपिलवस्तुकाे समितिकाे अध्यक्ष बब्लु जैसवाल, सचिव अवधेष पाण्डेय, कोषाध्यक्ष सुदिप पौडेल, उपाध्यक्ष दया प्रसाद चौहान, सह-सचिव बिरेन्द्र पासी, सदस्यहरु मनोज गुप्ता, कृष्णा गुप्ता, शिव शंकर गोसाइ, राजेश लोहार र सरोज ठाकुर सर्वसम्मत चयन हुनुभएको छ ।

कार्यक्रममा हिन्दु युवा शक्ति कपिलवस्तुकाे अध्यक्ष फागुराम पाण्डेयले भन्नू भयो कि सबै हिन्दुहरु एक हुन आवश्यक रहेको छ । हाम्रो हिन्दु संस्कृतिलाई जाेगाउनकाे लागि सबैले आ-आफ्नो ठाउँबाट लाग्नकाे लागि सबै अनुरोध समेत गर्नु भयो । यस संगठनबाट हिन्दुहरुलाई जागरुक बनाउन उद्देश्य रहेको कुरा बताउनु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित