उमेश बि.क / नवलपरासी ,७ मंसिर
राष्ट्रिय कर दिवसकाे अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले पालिका अन्तर्गतका उत्कृष्ट करदातालाई सम्मान गरेको छ।
सरावल गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो।

पालिकामा सबैभन्दा बढी कर बुझाउने संस्था , फम तथा व्यवसायीलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा काठमाडौं स्टिल प्रा.लि ,सगरमाथा लाइभ स्टक एण्ड फार्मिङ प्रा.लि,अमृत चाैधरी,तिरुपति बालाजि एग्राे प्रा.लि,थापा कन्ट्रक्सन ,सिताराम थारु,कुसुम भट्टराई र धुर्ब कुमार सिंह छन्।
सरावल गाउँपालिका वडा नम्बर १ ,३ र ७ का ब्यवसायिहरुलाई कर शिक्षा कार्यक्रममा व्यवसायीलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

शुक्रबार सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल विशाल मिश्रकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा राष्ट्रिय कर दिवसकाे अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हाे ।

अन्तरक्रिया कार्यक्रम सम्बाेधन गर्दै पालिका अध्यक्ष चाैधरी आफू जननिर्वाचित भएदेखि विभिन्न ब्यवसाय दर्ता गराउने प्रक्रियामा ल्याउदै ब्यवसायीलाई कर तिर्ने माध्यम सिर्जना गरेको बताउनुभयो । सरावलकाे आन्तरिक आय वृद्धिका लागि करकाे दर भन्दा दायरालाई प्राथमिकता दिइएको समेत बताउनुभयो । कर जनताकाे बिकासकाे लागि भएको हुनाले सबै नागरिक पालिका बिकासकाे लागि पालिकाले निर्धारण गरेको मापदण्डकाे अधारमा कर तिर्न अनुरोध समेत गर्नुभएको हाे।

कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन , वडा नम्बर ५ का वडा अध्यक्ष लक्षुमण प्रसाद चाैधरी,सरावल उद्योग बाणिज्य संघका अध्यक्ष शुसान्त शर्मा घिमिरे , उद्योगी ब्यवसायी गुणनिधि तिवारी लगाएतले बाेल्नुभएकाे थियोे ।
साथै अन्तरक्रिया कार्यक्रममा व्यवसायीहरुले राखेको जिज्ञासामा करदाता सेवा कार्यालय परासीका कर अधिकृत पर्शुराम पोखरेल ,प्रमुख प्रशासकीय अधिकृत विशाल विशाल मिश्र र सरावल गाउँपालिका लेखा अधिकृत नारायण पाण्डेयले जवाफ दिनुभएको थियो ।

यश कार्यक्रम अघि सरावल गाउँपालिका वडा नम्बर १ ,३ र ७ का ब्यवसायिहरुलाई कर शिक्षा कार्यक्रममा व्यवसायीलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

