नवलपरासी ,७ मंसिर
पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नम्बर ६ बिशासयमा १०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ आयोजित धनधान्यान्चल ज्ञान महायज्ञ सन्चालन भइरहेको छ।
महायज्ञको आज पाँचौं दिन कथा प्रवचन वाचक गरिमा बासुदेव घिमिरेको मुखारबृन्दबाट विभिन्न देवलिला तथा नाटक प्रस्तुति सहित सङ्गीतमय कथा प्रवचन भएको हाे ।
यज्ञ प्राङण परिसरमा श्रद्धालु भक्तजनहरूको बाक्लो उपस्थिति भएको सह संयोजक हेमलाल पौडेलले जानकारी दिनु भयो ।

महायज्ञका सह संयोजक हेमलाल पौडेलकाे अध्यक्षता तथा सुनवल नगरपालिकाका निवर्तमान मेयर एवं काङ्ग्रेस नेता भिम बहादुर थापा (भरत) काे प्रमुख आतिथ्यतामा पाँचौं दिनकाे महायज्ञ समापन भएको हाे ।
महायज्ञलाई सम्बाेधन गर्दै थापाले धार्मिक स्थलको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गरिएको जानकारी दिनु भएको थियो । थापाले १०८ पिपलको धार्मिक स्थललाई जिल्लामा चिनाउने र यस क्षेत्रलाई कृषि उत्पादन, इतिहास र गौरवका दृष्टिले पहिचान गराउनका लागि योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने कुरा ब्यक्त गर्नु भएको थियो ।

थापाले शुद्ध पानीको उपयोग र सिचाइलाई आन्तरिक पर्यटनको रूपमा विकास गर्ने, र यसलाई जिल्लाको प्रमुख पर्यटकीय स्थलको रूपमा प्रचार गर्ने आवश्यकता औंल्याउनु भएको थियो । उहाँले महायज्ञको सफलताका लागि सम्पूर्ण समाजको सहयोग र सहभागिता आवश्यक रहेको बताउनुभयो ।
महायज्ञको सफलता र विकासको लागि थापाले २ लाख ५१ हजार रुपैयाँ बराबरको ईट्टा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाेृृ, र भने, “विकास केवल कुराले हुँदैन, त्यसका लागि सोच, मन, समय र धन चाहिन्छ,” सबैलाई योगदान गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता सामाजिक व्यक्तित्व र महायज्ञका सह संयोजक हेमलाल पौडेलले १ लाख ११ हजार रुपैयाँको सहयोग गर्नुका साथै श्री कृष्ण भजन समूह, जनकल्याण बहुउद्देश्यीय सहकारी र मधु खड्काको व्यक्तिगत संयोजनबाट ५ लाख अधिक लक्ष्यवर्ती बालिएको थियो । यज्ञमा झाकी , भजन , कृतनले उपस्थित भक्तजनहरुलाई मनोरञ्जन गराइएको थियो भने कार्यक्रमको संचालन ओमकान्त तिमिल्सिनाले गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

