Rashtriya Dainik

मन्त्री गुप्ताको पहलले पोखरीया अस्पताल प्रादेशिक अस्पताल घोषणा

पर्सा, ६ मंसिर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पहलले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताललाई प्रादेशिक अस्पताल घाेषणा भएको छ ।

मन्त्री गुप्ताले आज बसेको मन्त्री परिषदको बैठकले पोखरीया नगरपालिकामा रहेको अस्पताललाई प्रादेशिक अस्पतालमा घोषणा गराएका हुन ।

पोखरिया नगरपालिका लगायत अन्य जोडिएका गाउँबासीको पक्षमा ऐतिहासिक निर्णय गराउन आफू सफल भएकोमा अत्यंत खुसी साथै वर्षौँदेखिको प्रयास र जनताको मांग बमोजिम प्रादेशिक अस्पताल हुँदा मलाई अत्यन्त खुसी लागेको मन्त्री गुप्ताले बताउनु भएको छ ।

मन्त्रिपरिषद्को बैठकले पोखरिया अस्पताल १५ शय्यायुक्त रहेको अस्पताल अस्पताललाई ५० शय्यामा स्तरउन्नती गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको छ । स्तरउन्नतीको निर्णयले पोखरिया अस्पतालले पोखरिया नगरपालिकाका लागि मात्र नभएर , मधेस प्रदेशकै स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै प्रादेशिक अस्पतालको रूपमा अझ विस्तारित सेवा दिन सक्षम हुनेछ भन्ने मेरो विश्वास रहेको मन्त्री गुप्ताले बताएका हुन् ।

यो महत्त्वपूर्ण निर्णय कार्यान्वयन गर्न अहोरात्र लाग्नु भएका पोखरिया नगरपालिका नगरवासी , स्थानीय अगुवा , सामाजिक अभियन्ता तथा राजनीतिक दलका साथीहरूप्रति विशेष आभार प्रकट गर्दै मन्त्रिपरिषद्को निर्णयमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनु भएका सम्माननीय प्रधानमन्त्री र माननीय मन्त्री ज्यूहरूलाई धन्यवाद ज्ञापनसमेत मन्त्री गुप्ताले गर्नु भयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित