राष्ट्रिय दैनिक / नवलपरासी ,६ मंसिर
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाद्वारा पालिका अन्तर्गतका व्यवसायीहरुका लागि कर सम्बन्धी शिक्षा दिइएको छ ।
कर शिक्षा सम्बन्धी जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नु परेकाले सचेतनाका लागि कर शिक्षा दिइएको हो ।

सरावल गाउँपालिका वडा नम्बर १ ,३ र ७ का ब्यवसायिहरुलाई कर शिक्षा कार्यक्रममा व्यवसायीलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

सरावल गाउँपालिकाको आयोजना र सरावल उद्योग बाणिज्य संघको समन्वयमा मंसिर १ गतेदेखि हालसम्म फरक फरक वडामा १५० जना व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो ।
व्यवसायीलाई करदाता सेवा कार्यालय परासी कर अधिकृत पर्शुराम पोखरेल र सरावल गाउँपालिका लेखा अधिकृत नारायण पाण्डेयले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारवाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विभिन्न जानकारी गराएका गराउनु भएको थियोे ।

व्यवसायीहरुले राखेको जिज्ञासामा करदाता सेवा कार्यालय परासी कर अधिकृत पर्शुराम पोखरेल र सरावल गाउँपालिका लेखा अधिकृत नारायण पाण्डेयले व्यवसायीलाई आफुहरुले गरेको व्यवसायको हिसाब किताब चुस्त दुरुस्त राख्न आग्रह गर्नुभएको थियो ।

१३ औं राष्ट्रिय कर दिवस एवं कर सप्ताह – २०८१ अन्तर्गत भाेलि जनप्रतिनिधी/कर्मचारी एवं व्यवसायीहरू बीच अन्तरक्रिया, करदाता सम्मान कार्यक्रम तथा समापन कार्यक्रम हुने उद्योग बिकास शाखा प्रमुख राजन बस्यालले जानकारी दिनुभएको हाे।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

