नवलपरासी ,६ मंसिर
सगरमाथा टोल, पिपल टोल विकाश संस्थाको आयोजनामा सन्चालन रहेको धनधान्यान्चल ज्ञान महायज्ञ-२०८१ को चौथो दिनमा लुम्बिनी प्रदेश सदस्य र पूर्व मन्त्री खडग बस्नेतकाे उपस्थिति रहेको थियो ।
कार्यक्रममा उनले “उद्देश्य लिएर गरिएको कार्यले प्रतिफल र पुण्य मिल्ने” तथा “धर्म र संस्कृतिको संरक्षण गर्दै हाम्रो पहिचान स्थापित गर्ने” कुरामा जोड दिएका थिए। आयोजकलाई धन्यवाद दिनुका साथै, कार्यक्रमको सफलतामा प्रतिस्पर्धा नगरी सहयोग गर्नुपर्ने कुरामा आफ्नो अभिव्यक्ति व्यक्त गरे।

बिशासयको पिपल टोल बिकास संस्था सगरमाथा टाेलको स्थानीयबाट ५ बजेको समयमा एक लाख अधिक लक्ष्यवर्ती बालिएको थियो ।

लिलाधर रिमालकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन ओमकान्त तिमिल्सिनाले गर्नु भएको थियो । महायज्ञको समापन रात्रीकालीन महाआरती, मनोरञ्जनात्मक कला, नृत्य र भजनका साथ गरिने आयाेजकले जानकारी दिइएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

