काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएकी छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट मनोनयन दर्ता गरेकी रुपमती डगौरा थारूले उम्मेदवारी फिर्ता लिएपछि प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले टीकाकुमारी चौधरी निर्विरोध निर्वाचित भएको जानकारी दिए । बुधवार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।
नाउपाका नेता लक्ष्मण किशोर चौधरीसहित कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट लगायतका नेताहरुको उपस्थितिमा नाउपाकी रुपमतिले प्रमुख पदमा दिएको उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध भईन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

