Rashtriya Dainik

रुकुमपूर्वको पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादीकाे उम्मेदवार निर्विरोध

काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।

कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयबाट भने यसको औपचारिक घोषणा हुन बाँकी छ ।

‘रुकुम (पूर्वी भाग) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडाध्यक्ष पदको निर्वाचनमा उम्मेदवार हुन ।मनोनयन पत्र दाखिला भएका माओवादी केन्द्रका जगत घर्तीमात्र उम्मेदवार कायम भएकाले स्थानीय निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु’, मुख्य निर्वाचन अधिकृतले जारी गरेको सूचनामा भनिएको छ ।

यसअघि आइतबार उम्मेदवारी दर्ता गराएका एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएसँगै घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित