नवलपरासी ,५ मंसिर
श्रीमद्धागत धनधान्यान्चल १०८ पिपल धार्मिक पर्यटन क्षेत्रको विकास र अक्षयकोष स्थापनार्थ आयोजना भएकाे”धनधान्यान्चल ज्ञान महायज्ञ-२०८१” को तेस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।

सुनवल नगरपालिका–६, बिशासयमा सन्चालित धनधान्यान्चल ज्ञान महायज्ञमा सुनवल नगरपालिका नगरप्रमुख बिमला अर्यालले यज्ञको सफलताका लागि सबैको सहयोग र समर्थनको आवश्यकता रहेको बताउनुभयो । धार्मिक स्थान सबैको हो सबैले रक्षा गर्नुपर्ने बतनउनुभयाे। वहाँले १०८ पिपलको आगामी दिनमा आफ्नो नेतृत्व नभएता पनि यस क्षेत्रको निरन्तर विकासका लागि सधैं अग्रसर रहने प्रतिबद्धता जनाउनु भएको हाे । सबै मिलेर यो धार्मिक स्थललाई चिनाउने प्रयास गरौं र नकारात्मक टीका टिप्पणि नगरी सकारात्मक दृष्टिकोण राखौं भन्ने कुरा व्यक्त गर्नुभएको थियो ।

महायज्ञमा आज लक्ष्यबर्ती कवर समुदायबाट १ लाख बढी लक्ष्यबर्ती बालिएकाे थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

