Rashtriya Dainik

निशुल्क आँखा शिबिर सम्पन्न ,२५४ जनाको गराए आँखा परिक्षण

राजन कुमार बानिया /पर्सा ,६ मंसिर

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं २ गादी स्वास्थ्य चौकीमा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ।

तिलगंगा सामुदायिक आँखा अस्पताल हेडौडा ,निचुटा सामुदायिक आँखा केन्द्र सेन्टरको प्राबिधिक सहयोग तथा पटेर्वा सुगौली गाउँपालिकाको आयोजनामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ।

निशुल्क अाँखा शिबिरमा १२९ जना पुरुष र १२५ जना महिला गरि जम्मा २५४ जनाको अाँखा परिक्षण भएको थियो जस मध्य ५१ जना मोतियाबिन्दु रोगी फेलापरेको वडा नं २ का वडाअध्यक्ष बिजय गैरेले जनाएका छन।

निशुल्क अाँखा शिबिरबाट फेला परेका मोतियाबिन्द रोगी हरुलाई यहि ७ गते तिलगंगा सामुदायिक आँखा केन्द्र निचुटामा निशुल्क शल्यकृया गरिने अायोजकले जनाएका छन।

निशुल्क अाँखा शिबिरमा पटेर्वासुगौली गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरी,वडा अध्यक्ष बिजय गैरे,लगायत डाक्टर ,स्वसेवकहरुको सहभागिता रहेको थियो।
निशुल्क अाँखा शिबिरमा चेकजाँच गराएका बिरामीहरुलाई निशु्लक अौषधी समेत बितरण गरिएको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित