राष्ट्रिय दैनिक /नवलपरासी , ५ मंसिर
पश्चिम नवलपरासीमा मोटरसाईकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका वडा न.५ बस्ने बर्ष २४ को सद्दाम भन्ने मोहमद हुसेन र सोही स्थान बस्ने बर्ष २९ को गोबिन्द हरिजन रहेको छन् ।
सद्दाम ( मोहमद हुसेनको साथबाट बरामद चोरीको मोटरसाइकल लु९३प८१०९ न.को १२५ सि.सि.को रातो कालो पल्सर त्यस्तै हरिजनको साथबाट बरामद चोरीको मोटरसाइकल लु ८२प५८७३ नं को १५० सिसिको रातो कालो पल्सर र तीन थान मोबाइल समेत प्रहरीले बरामद गरेको हो ।
उनीहरुले मंसिर २ गते राति सरावल गाउँपालिका वडा नम्बर १ बासा र नयाँ नयाटोलबाट घरमा पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गरेको थिएँ । दुबै चोरले यसअघिसमेत मोटरसाइकल चोरीमा संलग्न कसुरमा सजाय भुक्तान गरेको पटके कसुरदार रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चोरीको सूचना जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई सिसिटिभि फुटेज तथा GPS Tracking समेतको आधारमा पिछा गर्दै जादा जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा न.३ बाट चोरी भएको मोटरसाइकल सहित निजहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए।
पक्राउ परेका आरोपितहरुलाई चोरी तथा डाका सम्वन्धी कसुर मुद्दामा सम्मानित जिल्ला अदालत परासिबाट दिन ७ को म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको डिएसपी बोहराले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

