Rashtriya Dainik

अन्तर्राष्ट्रिय पुरुष दिवसको अवसरमा र्याली कार्यक्रम सम्पन्न

रंजीत शर्मा/ नवलपरासी,४ मंसिर

अन्तर्राष्ट्रिय पुरुष दिवस २०८१ को अवसरमा आज नवलपरासीमा जनचेतना र्याली कार्यक्रम सम्पन्न भएको छ। “ सकारात्मक पुरुषहरू रोल मोडल हुन ” भन्ने नारा सहित आयोजित उक्त र्यालीले समाजमा पुरुष अधिकार र स्वास्थ्यसम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राख्न आवश्यकता माथि जोड दिएको छ।

सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न युवा समूह तथा सामाजिक संस्थाहरूको सहकार्यमा गरिएको थियो। र्यालीमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले लैङ्गिक समानताको महत्व, पुरुष मानसिक स्वास्थ्य, र जिम्मेवारीपूर्ण व्यवहार प्रवर्द्धनका लागि सचेतना सन्देश सहित प्लेकार्ड र व्यानर बोकेका थिए।

पाल्हिनन्दन अन्तर धार्मिक शान्ति सञ्जालका अध्यक्ष श्रीकान्त मिश्रको अध्यक्षता तथा पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ का अध्यक्ष गोधन प्रसाद हरिजनको प्रमुख अतिथिकतामा सम्पन्न भएको हो।

र्यालीको सुरुआत पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०३ वडा कार्यालय देखि परसिया चोक, कुश्मा चोक, हनुमान चोक हुँदै विभिन्न स्थानको परिक्रमा गर्दै वडा कार्यालयमा समापन गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि हरिजनले भने, “पुरुषका स्वास्थ्य समस्याहरू, विशेषगरी मानसिक स्वास्थ्य, प्रायः ओझेलमा पर्ने गर्छन्। यस दिनले यसबारे खुला छलफलको माध्यम सिर्जना गरेको छ।” आगामी दिन पुरुष प्रति हुने हिंसात्मक गतिविधिलाई न्यूनीकरण गर्दै महिला पुरुष एक समानको वातावरण सृजना गर्नु पर्ने जोड दिएका थिए।

कार्यक्रमको समापनमा विभिन्न वक्ताहरूले पुरुष अधिकारको विषयमा चर्चा गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि समावेशी दृष्टिकोण अपनाउन आह्वान गरेका थिए।

अन्तर्राष्ट्रिय पुरुष दिवस प्रत्येक वर्ष नोभेम्बर १९ मा मनाइन्छ। यो दिवस लैङ्गिक समानताको प्रवर्द्धन गर्दै पुरुषहरूद्वारा समाजमा पुर्‍याइएको योगदानको सम्मान स्वरूप मनाइन्छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित