Rashtriya Dainik

सुस्ता गाउँपालिका-१ मा ट्रकको ठक्करबाट एक साईकल यात्रीको मृत्यु

राष्ट्रिय दैनिक / नवलपरासी ,४ मंसिर

पश्चिम नवलपरासीकाे सुस्ता गाउँपालिका-१ मा ट्रकको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ ।

मंगलबार सुस्ता गाउँपालिका-१ बरुवाचोकमा बर्दघाटबाट त्रिवेणीतर्फ जाँदै गरेको लु २ ख ८९३ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेका साईकलयात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।

दुर्घटनामा परी साईकलयात्री सुस्ता-१ बरुवाका ६५ वर्षीय रामजी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाईते भएका नेपालीको उपचारको लागि सहीद स्मृत्ति सामुदायिक अस्पताल चौपत्तामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुन्धान भईरहेको डिएसपी बोहराले जानकारी दिनुभएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित