Rashtriya Dainik

नवलपरासीको सरावल ५ धनगडवामा अवस्थित धनपोखरा आन्तरिक पर्यटकको रोजाईमा

राष्ट्रिय दैनिक /नवलपरासी, ४ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ५ धनगडवास्थित मनमा प्राचिन पोखरा अहिले आन्तरिक पर्यटकको रोजाई बन्दै गएको छ ।


प्राचिन इतिहास बोकेको उतm पोखराको व्यवस्थापन र सौन्दर्यीकरण गरिए पछि पोखरा घुम्न र रमाउन आउनेको संख्या बढदै गएको हो ।

पोखराको प्राचिन महत्व भए पनि धेरैलाई सो पोखराबारे जानकारी नभएका कारण अहिले स्थानियवासीले समान्य माछा मार्ने र पोखराको पानी सिचाईमा प्रयोग गर्दै आएका छन् । तर साे प्राचिन धनपोखराको महत्व झाल्किने गरि त्यहाँ अन्य रमणिय पुर्वाधारहरूको विकास गर्न सकिएमा स्थानियसँगै अन्य प्राचिन अध्ययेताहरु समेत यस क्षेत्रमा आउन सक्ने सम्भावना रहेको सरावल गाउँपालिका वडा नम्बर ५ वडा अध्यक्ष लक्षुमण चाैधरीले बताए।

परापुर्व काल देखी नै यो पोखरा रहदै आएको गाँजा पुढापाकाहरूले भन्ने गरेका छन्, उनले भने तर यसको प्राचिनताबारे तथ्यगत रूपमा खोज हुन सकेको छैन् जलासय र प्राकृतिक सौन्दर्यताले भरिपुर्ण छ उनले थपे, तर यसको प्राचिनता खोज र तथ्य पस्कन सक्नु पर्छ ।

यसका लागि सरावल गाउपालिकाले पनि अध्ययन गराउनु पर्ने उनको भनाई छ ५ विधा भन्दा बढि क्षेत्रफलमा फैलिएको पोखराको माछा मार्ने, सिचाई गर्ने र छठपाटको रुपमा छठिमाईको पूजा गर्ने गरिएको छ।

पोखराको व्यवस्थापनमा पनि गाउपालिकको तर्फबाट खासे चासो देखिएको छैन्, स्थानिय बालमुकुन्द चौधरीले भने, यसको प्रमुख जिम्मेवारी गाउपालिकाकै हो बौद्धकालिन प्राचिनता झल्किने अवशेषहरु पनि बेला बेला देख्ने गरिएको छ । तर तथ्यपरक आधार खोज्न त सो क्षेत्रका ज्ञाता ने आवश्यक पर्ने उनको भनाई थियो ।

धनगडवा गाउको नाम पनि सम्भवतः यहि धनपोखराले ने राखिएको हुन सक्ने उनले अनुमान ब्यतm गरेका थिए। यसको सन्दर्भ पनि दविला स्थित बुद्धमंगल तालसँग भएको ताल क्षेत्रको जानकार वर्दघाट नगरपालिका भटवलिया बजार स्थित दिप प्रकाश लोहनीले बताए।

बुद्धमंगलमा तालमा विगत बर्षमा तालमा रहेको धनदेवीको धन चोरेर चोरहरुले दक्षिण तर्फ त्यही धनगडवा तर्फ लगेको थिए। सो धन उनीहरुले त्यही पोखरा नजिकै गाडेका थिए। पछि धन खोज्दा पोखरा बनेको र त्यसको वरिपरि गाँउ बस्ती बन्दै जादा स्थानियले धनगडवा गाउ हुन गएको किवदन्ती उनले सुनाए। जुन गाँउ अहिले पनि अवस्थित छ ।

दविलाको बुद्धमंगल ताल अहिले प्राचिन हल्लिदावसन नगर भएको खोज हुँदै वर्दघाट नगरपालिकाले घोषणा गरि सकेकोछ हल्लिदावसन नगरमा स्वम्बुद्ध आएर मित्त सुत्त (मंगलमैत्री सुत्र) सुनाएको कुरा बौद्ध साहित्य र इतिहासको खोज भई रहेको छ। यदि बुद्धमंगल ताल बौद्धकालिन हो भने त्यहीसँग किवदन्तीका अनुसार सम्बन्ध जोड्दा यो पनि बुद्धकालिन हुन सक्ने आधार तयार गर्छ । तर यसको लागि सम्बन्धित पुरातत्वविद, इतिहास विदहरुलाई यस क्षेत्रमा खोज गर्न लगाई यसको महत्व झल्काउन सकिन्छ, चौधरीले भने, तर त्यसको लागि गाउपालिकाले जिम्मेवारी लिई काम गर्न सक्नु पर्छ ।

प्राचिन कोलिय गणराज्य भित्रकै यि प्राचिन गाँउहरु भएको हुदा कोलिय सभ्यता र संस्कृति अहिले पनि विभिन्न रुपमा जिवित छ धेरबादले थारु बनेको र चाहे त्यो बुद्धमंगल ताल होस वा त्यससँग जोडिएको धनगडवा गाउको धनपोखरी त्यसको वरिपरि थारु समुदायले नै बसोबास गर्दै आएका छन्।

त्यसले पनि बौद्धकालिन सभ्यता झल्काउदै आएको गाउपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरीले बताए। उनले आफ्नो कार्यकालमा यहि सरावल गाउपालिकामा प्राचिन ककरपत्त नगर, सज्जनेल नगर, कुण्डिय नगर र सायुगा नगर खोज गराई घोषणा गराइएको उनले बताए अहिले धनगडवाको सन्दर्भ जोडिदा यसको पनि खोज हुन आवश्यक देखिएको उनको भनाई थियो प्राचिनताको खोज र अनुसंधानलाई गाउपालिकाले निरन्तरता दिदै जाने र अब यो धनगडवाबारे पनि खोज गराईने गाउपालिका अध्यक्ष सुखाड़ी चौधरीले बताए।

सांस्कृतिक सम्पदाले भरिपुर्ण यो सरावल गाउपालिका नै साँस्कृतिक गाउपालिका जस्तै छ । तर यसको सोध खोज र व्यवस्थापन गर्न आवश्यक रहेको छ, उनले भने, यसका लागि गाउपालिका निरन्तर काम गर्छ,स्थानियबासीको पनि सहयोग र साथ चाहिन्छ सबै पर्यटकिय, साँस्कृतिक, पुरातात्विक र जलासय पोखरा सम्पदा हो, यसको संरक्षण र प्रचार प्रसार पनि उत्तिकै आवश्यक छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित