Rashtriya Dainik

नवलपरासीमा तस्करकाे लूट, सम्बन्धित निकाय चुप

राष्ट्रिय दैनिक/ नवलपरासी ,४ मंसिर

शान्ति सुरक्षाका साथै तस्करी धन्दालाई निराकरणमा अहम भुमिका निर्वाह गरेको संगठनको रुपमा सशस्त्र प्रहरीलाई मानिएपनि सशस्त्र प्रहरीकै केहि कर्मचारीहरुका कारण दिनानुदिन संगठन माथि औला उठ्ने गरेको पाइन्छ ।

नेपाल र भारतको सीमा नाका अवस्थित सशस्त्र प्रहरीका केहि उच्च अधिकारीहरुका कारण पवित्र संगठनको रुपमा मानिने सशस्त्र प्रहरी बल नेपाल माथि औला उठ्ने गरिएको केहि घटनाहरुले प्रष्ट पारेको हो ।

तस्करहरुको संजाल अर्थात तस्करहरुको जमघट हुने ठाउको रुपमा हाल नवलपरासी जिल्लाको बसहिया,पांचपेड़,सनई,भुजहवा,महेशपुर, गेरमी नाकालाई मानिन थालिएको छ । लुम्बिनी प्रदेश मात्र नभई आर्थिक नगरीको रुपमा मानिने महेशपुर भन्सार नाका हालको समयमा तस्करहरुकै कब्जामा परेको अभाष हुन थालिएको स्थानीयहरु बताउछन ।

दिनरात तस्करहरुको सम्राज्यले नवलपरासी जिल्लाका बिभिन्न नाकाबाट व्यापक तस्करी गर्न तल्लीन रहेको, नाम नखुल्ने सर्तमा एकजना स्थानीयले बताए ।

तस्करहरुको समुहले ड्युटीमा खटिएका प्रहरीहरुलाई समेत आर्थिक प्रलोभनमा पारेकै कारण तस्करी रुक्न नसकेको आरोप स्थानीयको रहेको छ ।

घरायसी समाग्री खरिद गरी ल्याउदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले व्यापक रुपमै चेकजाच गरी कडा रहेको बारे दर्साउन खोजिएपनि रातिको समयमा तस्करहरुको लस्करै लाग्ने गरेको, उनले आरोप लगाए ।

तस्करहरुका लागि अवैध तरिकाले नेपाल भित्रयाउने समाग्रीहरु छुट झै हुने गरेतापनि सर्वसधारणहरुका लागि कडाई देखाईने प्रयास भएको उनले बताए । उनका अनुसार पाँचपेडा,बसहिया नाकाबाट चीनी,प्याज,टेम्पल ग्लास,कपडा खुल्ला रुपमै अवैध तरिकाले नेपाल भित्रयाइने गरेका छन । तस्करहरुले तस्करहरुको लस्करै लगाएर ३० मिनेट भित्र पिकअप नै लोडिङ गराउने गरेको उनको दावी छ ।

पांचपेडा,सनाई नाका नाकाको गेरमी बाट ठुलै मात्रामा कपडाको लाइन समेत खुलेको उनले जानकारी गराए ।
नवलपरासी जिल्लाकै नामुद तस्कर अर्थात स्थानीयदेखि केन्द्रसम्म मिलाउन सक्ने तस्करले कपडाको लाइन पाएको खुलेको छ ।

त्यस्तै केही समय नेपाल तर्फबाट विभिन्न समाचारहरूमा लसुन तस्करी गन्नाएको समाचारहरू छ्यापछ्याप्ती आएका थिए। चाइनाबाट आएका विभिन्न जानवरहरूको हड्डीको तस्करी हुने गरेको थियो।

त्यस्तै तेस्रो मुलुकबाट आयात पपकर्न,मटर ठूलो मात्रामा नेपालबाट भारततर्फ तस्करी हुने गरेको स्थानीयहरूले बताएका छन्।

अहिले प्रहरी चौकी पाँचपेडाको मिलोमतमा नाका देखि नारायणी नदीको बलुवा भारत छिराउने गरेका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र प्रसाद फुयाल र सशस्त्र प्रहरी २६ नम्बर गणका प्रमुख एसपी प्रकाश वाग्लेले तस्करी रोक्न मातहतका सबै युनिटलाई कडा निर्देशन जारी गरे पनि तस्करी रोकिएको छैन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित