आरपि उपाध्याय / नवलपुर ,२६ कार्तिक
युथ भिजन अर्गनाइजेसन विनयी त्रिवेणीको आयोजनामा सञ्चालित प्रथम बालपुरी खुल्ला तेक्वान्दो प्रतियोगिता सोमबार सम्पन्न भएको छ।
तेक्वान्दो खेल प्रतियोगितामा नवलपुर जिल्लाले १२ गोल्ड,१४ कास्य र ७ रजत गरि कुल ३३ पदक हात पारी पहिलो स्थान हासिल गरेको छ भने रुपन्देही जिल्लाले ८ गोल्ड,७ रजत र ४ कास्य पदक सहित १९ पदक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको आयोजक समितीका पिकल थापाले जानकारी दिनुभएको छ।
प्रतियोगितामा तनहुँ जिल्लाले तेस्रो स्थान हासिल गरेको थियो। प्रथम स्थान हासिल गरेको नवलपुर जिल्लाले ३० हजार नगद,सिल्ड कप,प्रमाणपत्र हात पारेको छ भने दोस्रो स्थान हासिल गरेको रुपन्देहीले २० हजार नगद,सिल्ड कप, प्रमाणपत्र प्राप्त गरेको थियो।त्यसैगरी तेस्रो स्थान हासिल गरेको तनहुँले १० हजार नगद सहित कप,प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएको छ।

प्रतियोगितामा पुरुष तर्फको उत्कृष्ट खेलाडी समृद्ध जि.सी. र महिला तर्फको उत्कृष्ट खेलाडी सजिना सारु घोषित भएकी थिइन ।
तेक्वान्दो खेलको खुल्ला प्रतियोगितामा १२ जिल्लाका खेलाडीहरुको सहभागिता रहेको बताइएको छ।
प्रतियोगितामा सेल्फ डिफेन्स, सो प्रदर्शन, स्पेरिङ र क्याटरिङ खेलहरुलाई प्रदर्शन गरिएको थियो।
खेल संयोजक राजु आले मगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा विनयी त्रिवेणी वडा न.६ र ७ का संघसंस्थाका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख,जनप्रतिनिधि र ठूलो सङ्ख्यामा सर्वसाधारणहरुको पनि उपस्थिति रहेको बताइएको छ।

“स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा १५० तेक्वान्दो खेलाडीहरुको खेलमा सहभागिता रहेको कार्यक्रम सञ्चालिका भागिरथा घर्तीले जानकारी दिनुभयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

