Rashtriya Dainik

उद्योग वाणिज्य संघ कृष्णनगरको साधारसभा तथा अधिवेशन पुष १ गते

कपिलवस्तु /कृष्णनगर ,२६ कार्तिक

कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको उद्योग वाणिज्य संघ कृष्णनगरको कार्यालयमा बसेको उद्योग वाणिज्य संघ कृष्णनगर कार्यसमितिको बैठकले यहि पुष १ गते साधारण सभा तथा अधिवेशन हुने जानकारी उद्योग वाणिज्य संघ कृष्णनगरका बरिष्ठ उपाध्यक्ष नसिब हुसेनले जानकारी दिए।

कोभिड १९ को कारण सहित उद्योग वाणिज्य संघको भवन मर्मत तथा सुन्दरीकरणको कामले गर्दा समयमै साधारण सभा गर्न नसकीयता पनि आजको बैठकले ढिलो नगरी २०८१ पुष १ गते अधिवेशन तथा साधारणसभा गर्ने निर्णय गरेको छ।

पटक पटक सदस्यता नविकरणको कार्य लाई निरन्तरता दिदै आए पनि केही सदस्यको नवीकरण बाकी रहेकाले अन्तिम पटक सूचना प्रकाशित गरि सदस्यता नवीकरणको अन्तिम नविकरण मिति प्रकाशित गरि सोही समय भित्र नविकरण भएका सदस्य हरुको अधारमा अन्तिम नामावली लाई आधिकारिक मानेर अधिवेशन गर्ने निर्णय भएको उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष राम कुमार गुप्ताले जानकारी दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित