तुलसीराम पौडेल /लुम्बिनी ,२५ कार्तिक
रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिकामा पोषण मार्फत जीवन रुपान्तरण परियोजना स्वास्थ्यकर्मीहरुको लागि शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन सम्बन्धि पुनर्ताजगी तालिम आइतबार सम्पन्न भएको छ।
सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।तालिममा बालबालिकाहरुको कुपोषणको अवस्था तथा हटाउने बारे प्रशिक्षण दिइएको थियोे ।
तालिमको सहजीकरण प्रशिक्षकहरु हेलेन केलरका फिल्ड संयोजक जितेन्द्र कहाँर र सेतो गुराँस वालविकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक मिनु पुन श्रेष्ठले गर्नु भएको थियोे ।

कार्यक्रममा लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्विन मुसलमान ,उपप्रमुख कल्पना हरिजन ,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली लगायतले नगरपालिका अन्तरगतका बालबालिकाहरुलाई कुपोषण हुन नदिन विभिन्न किसिमको सहयोग गरिने बताउनु भयो । कार्यक्रममा सेतो गुराँस बालविकास सेवा रुपन्देहीका बोर्ड सदस्य ज्योति यादव , सेतो गुराँस वालविकास सामुदायिक परिचालकहरु मिना कुमारी चौधरी र प्रविन कुमार उपाध्यायको सहभागिता रहेकोे थियोे ।
सिअहेव अधिकृत बुद्धि नाथ बरैइको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत ध्रुब राज घिमिरेले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

