कपिलवस्तु, कार्तिक २६
कपिलवस्तु जिल्लाको कृष्णनगरमा १२ नवंबरका दिन भव्य रूपमा खाटु श्यामजी को जन्मोत्सव मनाउने आयोजक श्याम मंडलीका अरबिंद अग्रवालले जानकारी दाएका छन्।
कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको लक्ष्मी नारायण मन्दिरमा श्याम जन्मोत्सव मनाइने छ।
खाटू बाबा श्यामको चालीस औं जन्मोत्सवका लागि
मन्दिर प्रांगण भव्य र अलौकिक रूपले सजाउने तयारी रहेको श्याम भक्त मंडलीका मनीष सिंघलले जानकारी दिए।
ज्योति प्रज्ज्वलित सात बजे देखी हुने त्यस पछि भजन संध्या हुने भजन गायक भारत बनारसका कृष्णा दधीच रहेको भक्त मंडलीका हिमांशु कंछलले जानकारी दिए।
खाटु श्यामजीको जन्मोत्सवमा सहभागी भई भजन कीर्तन गर्न तथा प्रसाद ग्रहण गर्न सम्पूर्ण श्याम भक्तमा आयोजक गण मनीष सिंघल,मनीष बाजोरिया,हिमांशु कंछल, अरविंद कंछल, विक्रम सिंघल,रामवतार टिबरेवाल, कन्हैया टिबरेवाल,दीपक खेतान,पंकज बाजोरिया, कमलेश अग्रवाल, ज्योत अग्रवाल लगायतले अनुरोध गरेका छन्।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

