Rashtriya Dainik

गाउँले खुल्ला कबड्डी प्रतियोगिता सुरू

संजय कुशवाहा /नवलपरासी २६ कार्तिक

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठी परसौनीमा गाउँले खुल्ला कबड्डी प्रतियोगिता सुरू भएको छ ।

गाउँले खुल्ला कबड्डी परिवारको आयोजनामा भएको सो प्रतियोगिता गुठी परसौनीमा सुरु भएको हो । गाउँले खुल्ला कबड्डी परिवारको अध्यक्ष दिपक राजभरको अध्यक्षता तथा लुम्बिनी प्रदेशका वन तथा वाताबरण मन्त्री देवकरण कलवार ( सन्तु )को प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।

खेल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले  खेल क्षेत्रलाई प्राेत्साहन गरि युवाहरूमा उर्जा थप्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।
उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकारबाट खेलकुदको लागि बजेट विनियोजन गर्न प्रयास गरिरहेको दाबी गरे ।
कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै मन्त्री कलवारले भने सहभागी खेलाडीहरूलाई अनुशासित भएर खेल खेल्न आग्रह गर्नुभयो । खेल क्षेत्रलाई अब्बल बनाउन सके गाउँ/टोलको मात्रै नभई मुलुककै भलो हुने बताउदै यश क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहान बिचार राखनु भयो । 
प्रतियोगितामा प्रथम हुने टिमलाई २० किलो कुखुरा,कप,मेडल प्रदान गरिने छ भने दुत्तिय हुने टिमलाई १५ किलो कुखुरा, कप,मेडल प्रदान गरिने छ भने तृतीय हुने टिमलाई १० किलो कुखुरा ,कप,मेडिकल प्रदान गरिने छ ।
 खेलमा २२ टिम सहभागिता भएका हुन  । प्रतियोगिता कार्तिक २५ गतेदेखि कार्तिक २८ गतेसम्म सञ्चालन रहने आयोजकले जानकारी हुन ।
खेल प्रतियोगिताको उद्घाटन समारोहमा प्रतापपुर गाउँपालिका वडा न.६ का कार्वाहक वडाध्यक्ष अवधेश यादव , कार्यपालिका सदस्य छविलाल हरिजन , प्रतापपुर आयुर्वेद शाखा प्रमुख दिन बन्धु मिश्रा ,सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खान , समाजसेवी संघर्ष जयसवाल , समाजसेवी सुरज अधिकारी ,रबिन्द्र जयसवाल र पालिका अन्तर्गतका जनप्रतिनिधि , राजनीति दलका नेताकार्यकर्ता र संचारकर्मी तथा स्थानीय सर्वसाधारण लगायतका उपस्थिति रहेका  थिए । भने कार्यक्रम संचालन दिलीप गुप्ताले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित