सर्लाही । अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन्।
सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय कर्मैयाक प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बोम्जनको गालामा लागेको हो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको थियो । घाइते प्रधानाध्यापक बोम्जनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ ।
प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना४०प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए । उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

