कपिलवस्तु,२५ कार्तिक
कपिलवस्तु जिल्लाको कृष्णनगरमा आज राष्ट्रीय प्रजातंत्र पार्टीको भातृ संगठन राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।
राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, लुम्बिनी प्रदेश सदस्य दीपक रजौरीया,तथा यूवा संगठनका केन्द्रीय संयोजकको आथित्यमा राष्ट्रीय प्रजातांत्रिक यूवा संगठनको जिल्ला अधिवेशन सम्पन्न भएको छ।
उद्योग वाणिज्य संघ कृष्णनगरको सभा हलमा सम्पन्न जिल्ला अधिवेशन बाट सुनिल मोदनवालको संयोजकत्वमा सत्रा सदस्यि जिल्ला कार्य समिति गठन भएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले जानकारी दिए।

मोदनवालको संयोजकत्वमा उपाध्यक्षमा कृष्ण पुन, इतिहाद अहमद, सचिवमा राहुल मोदनवाल, सह सचिवमा खेमराज पौडेल, कोषाध्यक्षमा अभिषेक भुषाल, लगायत १७ सदस्यि कपिलवस्तु जिल्ला राष्ट्रीय प्रजातांत्रिक यूवा संगठन गठन भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

