आरपि उपाध्याय / नवलपुर,२५ कार्तिक प्रजातन्त्र सेनानी संघ नवलपुरको प्रथम जिल्ला अधिवेशन (२०८१) बि.पि. भवन कावासोतीमा आइतबार सम्पन्न भएको छ। प्रजातन्त्र सेनानी ऋषिराम सापकोटाको अध्यक्षतामा प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो। सो अवसरमा प्रमुख अतिथि समेत रहनु भएका गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस नवलपुरका सभापति महेन्द्रध्वज जि.सी.ले प्रजातन्त्र सेनानीहरुको त्याग,तपस्या र योगदान कै कारण नेपालमा राजनीतिक परिवर्तन हुँदै आएको बताउनु भयो। प्रमुख अतिथि जि.सी.ले प्रजातन्त्र सेनानीहरुले आफ्नो जीवनका सम्पुर्ण उर्जालाई नेपाली काङ्ग्रेस प्रती समर्पण गरेको हुँदा लोकतन्त्रका संम्बाहक प्रजातन्त्र सेनानीहरुलाई पार्टीबाट उचित सहयोग र सम्मान हुनुपर्ने पनि जिकिर गर्नुभयो । प्रथम जिल्ला अधिवेशनमा नेपाली काङ्ग्रेस नवलपुरका उपसभापति बालकृष्ण घिमिरे, सेनानी संघका केन्द्रिय सदस्य द्वय एकनारायण शर्मा र हरिराज गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। प्रथम जिल्ला अधिवेशनले ऋषिराम सापकोटाको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ भने अधिवेशनले नै ७ सदस्यीय केन्द्रिय महाअधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन गरेको नेपाली काङ्ग्रेस नवलपुरका कार्यालय सचिव गोपाल प्रसाद बास्ताकोटीले जानकारी दिनुभएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।