Rashtriya Dainik

मनरीकाे १५ अाैँ खिचडी ‘माघी  महोत्सव’ मेला सम्पन्न

उमेश बि.क / नवलपरासी ,२ माघ

नवलपरासीको सरावल गाउँपालिका २ जनता मा.बि मनरीकाे प्रांगणमा थारु समुदायको नयाँ वर्ष एवम महान पर्ब माघीको अबसरमा आयोजित १५ अाैँ माघी महोत्सब मेला सम्पन्न भएको छ ।

पुस २९ गते देखि सन्चालन रहेको २ दिने माघि मेला सरावल गाउँपालिकाकाे सहयाेग तथा श्रीराम युवा प्रतिष्ठानको आयोजनामा ”आपन धरम आपन ईमान, कला संस्कृति आपन पहिचान” भन्ने मुल नाराका साथ सुरु भइ सम्पन्न भएको हाे। 

प्रतिष्ठानका अध्यक्ष संजय कुमार चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यतामा सम्पन्न मेलालाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले नेपाल एउटा बहुजाति बहुभाषिक बहुसंस्कृतिक भरिएको देश हाे । प्रत्येक ब्यक्ति अाफ्नाे धर्म संस्कृति र रितिरिवाज जगेर्ना गर्नमा लाग्नुपर्छ। माघी महोत्सव बिशेष गरि थारुहरुकाे कला संस्कृतिको संरक्षण गर्ने एउटा अधार हाे। याे थारुहरुकाे नयाँ बर्षकाे रुपमा मानिन्छ । र सरावल गाउँपालिका २ मा अवस्थित श्रीराम युवा प्रतिष्ठानकाे याे प्रयास अगामि दिन सम्म जारी रहाेस र यश क्षेत्रको बिकासका लागि आफुले सक्दो पहलगर्ने उँहाले आश्वासन दिनुभयो ।


त्यस्तै सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा रायले थारु जातिको संस्कृति र संस्कारको संरक्षण, समाजिक, राजनितिक र आर्थिक, रुपान्तरण लागि थारु एकता जागरण ल्याउने उद्देश्यका साथ खिचडी अर्थात् माघी महोत्सव जरुरी रहेको बताउनुभएको हाे।

माघि महाेत्सवमा सरावल गाँउपालीका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेल , थाकस पुर्व अध्यक्ष पुरन चाैधरी,एसपि पन्चराम चाैधरी ,प्रतिष्ठानका संस्थापक अध्यक्ष भेष नरायण चाैधरी नेकपाका नेता सुखाडि प्रसाद चाैधरी,संकल्प संस्थाका अध्यक्ष शुसान्त शर्मा घिमिरे ,थाकसका अध्यक्ष कृष्णदत्त थारु लगाएत विभिन्न राजनीति दलका प्रतिनिधि ,समाजसेवी ,थारु नेता लगाएतले मेलाकाे सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियाे।

१५ अाैँ माघी महोत्सव मेला एव सांस्कृतिक कार्यक्रममा भएको कार्यक्रमा २९ जनाले रक्तदान गरेका छन।

महोत्सवमा कलशयात्रा ,थारुहरुका विभिन्न सांस्कृतिक कार्यक्रमहरु जस्तै झमटा,झुमरा, झर्रा, लाठिनाच र गाउँपालिका स्तरीय पुरुष  भलिबल प्रतियोगिता,गाउँपालिका स्तरीय ब्याडमिन्टन प्रतियोगिता,थारु नाटक, थारु लोकगित र अन्य समुदायहरुको संस्कृति प्रस्तुति साथै महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारकाे लगाएतकाे विशेष संगीतिक प्रस्तुति रहेको थियाे।

१५ अाैँ खिचडी ‘माघी  महोत्सव’ मेलाकाे कार्यक्रम सन्चालन ,नगेन्द्र चाैधरी ,गिता चाैधरी तथा प्रियंका चाैधरीले गरेका थिए ।

मेलामा बिशेष अाकर्षण कृषि तथा स्वास्थ्य तर्फ

माघि महाेत्सव मेलामा सरावल गाउँपालिकाकाे अायाेजनामा कृषि स्टल तथा स्वास्थ्य स्टल समेत मुख्य अाकर्षण रहेको थियाे ।

सरावल गाउँपालिका स्वास्थ्य प्रदर्शनि तथा प्राथमिक उपचार सेवा तथा बिषादि सचेतना कार्यक्रम समेत गरिएको हाे । मेलामा अवलोकन गर्ने हजारौं संख्याका दर्शकहरुकाे स्टलमा घुइँचो लागेकाे थियाे ।

सरावल गाउँपालिकाबाट यस्तो प्रयास मेलामा फरकपन अनुभुती भएको महाेत्सवमा तमाम दर्शकहरुले विचार प्रकट गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित