Rashtriya Dainik

नवलपरासीको बर्दघाटमा प्रहरीद्वारा अवैध रेडिमेट कपडा बरामद

अारपि उपाध्याय / नवलपरासी , १६ माघ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न.४ स्थित टि.सि.यन. चोकबाट प्रहरीले अवैध रेडिमेट कपडा बरामद गरेको छ। अवैध रूपमा भन्सार छली लुकाइ छिपाइ सुति साडी र कुर्ता सुरुवालका कपडा बेवारिसे अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पश्चिमका सुचना अधिकारी डिएसपी भोजराज पाण्डेले जानकारी दिनुभएको छ। इलाका प्रहरी कार्यालय बर्दघाटका निरीक्षक बिरेन्द्र केसीको कमाण्डमा गएको प्रहरी टोलिले सुति साडी १०२ पिस, साडी ९० पिस, कुर्ता सुरुवाल ९६ पिस बरामद गरिएको जानकारी दिइएको छ। प्रहरीले बरामद गरेको कपडाको मूल्य २ लाख ५८ हजार रहेको छ भने बरामद गरिएको कपडालाइ थप कारवाहिको लागि महेशपुर भन्सार पठाइएको बताइएको छ। पुर्व पश्चिम राजमार्गको बर्दघाटमा प्रहरीले अवैध सामाग्री बरामद गरेको भएपनि उक्त अवैध कपडा जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रबाट आएको अनुमान गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित