Rashtriya Dainik

अयोध्याको लागि ‘देवशिला’ जनकपुरधामबाट प्रस्थान

जनकपुरधाम- भारतको अयोध्यास्थित राम मन्दिरका लागि कालीगण्डकीबाट निकालिएकाे देवशिला सोमबार जनकपुरधामबाट पूजापाठ गरी लगिएको छ।

कालीगण्डकीबाट गत बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाआजा गरी शनिबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा ल्याइएको थियो।

आइतबार जानकी मन्दिरमा दिनभर विशेष पूजापाठ र महाआरति गरी सो शिलालाई सोमबार पूजा पाठ गरेर अयोध्याको लागि पठाइएको हाे।

धनुषाको जटही नाका हुँदै शिलालाई पठाइएको छ।

भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति सो शिलाबाट बनाइनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित