नवलपरासी, ७ पुस ।
राष्ट्रिय रुपमा पशुमा लाग्ने ‘खोरेत रोग उन्मुलन कार्यक्रम’लाई निरन्तरता दिदै नवलपरासी जिल्ला भित्रका गाईभैसीमा खोरेत भ्याक्सिन लगाउने अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले सो अभियान सञ्चालन गर्न तयारीमा जुटेको हो ।
खुल्ला सिमानाका कारण यो जिल्ला खोरेत रोगबाट प्रभावित हुने जिल्ला भएको हुँदा कार्यालयले नेपाली किसानका गाईभैसी सबैलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईने छ । भ्याक्सिन बाहेक किसानमा जनचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जिल्ला भित्रका सबै किसानको घरमा भएका गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने उनको भनाई छ । “सिमावर्ती जिल्ला भएको कारण भारतबाट पनि अनियन्त्रित रुपमा पशुहरु भित्रिने गरेका छन्”– प्रमुख चौधरीले भने, “त्यसका लागि सिमावर्ती किसानलाई जनचेतना पनि जगाउन आवश्यक छ ।”
अभियान अन्तर्गत भ्यक्सिनेसन, जनचेतना र किसान सशक्तिकरण सबै एकै साथ चलाउन आवश्यक रहेको बताउँदै उनले पशु विज्ञ सेवा केन्द्रले मात्र गरेर सम्भव हुँदैन, त्यसका लागि स्थानीय तहका सबै पशु सेवा शाखा तथा कृषि शाखा समेत मिलेर काम गर्नु पर्नेछ । त्यसका लागि पनि कार्यालयले जिल्लाका सातै पालिकासँग समन्वय र सहकार्य गर्ने योजना ल्याएको छ ।
पालिकाकै सिफारिस र सम्बन्धित पालिकाको पशु सेवा कार्यालयसँग समन्वय गरी भ्याक्सिनेसनका लागि ४० जना भ्याक्सिननेटर नियुतm गरिएको छ । पशु सेवा कार्यालयसँग सहकार्य गर्दै अभियानलाई सञ्चालन गरिने उनले बताए । आवश्यक तालिम र अभिमुखीकरण समेत हुनेछ । जिल्लाबाट नै खोरेत रोग उन्मुलनका लागि ९५ हजार गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाईन्छ ।
“नेपाली किसानसँग भएका प्रायः सबै गाईभैसी बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने र भारतबाट गाईभैसी पैठारी गर्दा कम्तीमा क्वारेन्टाईन चेक गराएर मात्र ल्याउनका लागि जनचेतना समेत जगाउने कार्य हुन्छ”,–कार्यालय प्रमुख चौधरीले भने, “यसका लागि सबै किसानलाई सचेत हुन आवश्यक छ ।” “हुन त खुल्ला सिमा यसका लागि ठूलो चुनौती छ”–उनले थपे, “तर किसानले यस प्रति सचेत भएनन् भने अन्ततः पशुलाई रोग सरेर घाटा पशुपालक किसानलाई नै हुन्छ । त्यो भएर पनि यस प्रति जिम्मेवार बन्न पशुपालक किसानलाई आग्रह गर्दै आएका छौ ।”
यसैगरी बाख्राका लागि छुट्टै भ्यासिक्सनको ब्यवस्थापन गरिएको उनले सुनाए । बाख्रा, बंगुर र कुखुराका लागि पनि पशु सेवाविज्ञ कार्यालयले आवश्यक उपचारको प्रबन्ध मिलाएको उनले जनाए । त्यसका लागि बाख्रालाई प्रत्येक बर्ष दिइने पिपिआर भ्याक्सिन लगाईन्छ । “बाख्राका लागि ८२ हजार पिपिआर भ्याक्सिन लगाउने कार्य हुन्छ”,–प्रमुख चौधरीले भने, “त्यस बाहेक बंगुरका लागि ८ हजार स्वाईन फिबर भ्याक्सिन र कुखुरामा लाग्ने रानीखेत रोग विरुद्ध भ्याक्सिन २५ हजारको संख्यामा दिईने छ ।”
यो अभियानमा सहयोग गर्नका लागि नीति तथा गैरसरकारी निकायलाई पनि आह्वान गरिएको प्रमुख चौधरीले बताए । जनचेतनाका लागि आम सञ्चार माध्यमले समेत भूमिका निर्वाह गर्नु पर्ने उनको भनाई थियो । त्यसैगरी विभिन्न कृषक समूह र कृषि सहकारीले पनि अ आफ्नो स्थानबाट सघाउनु पर्ने उनले बताएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

