अारपि उपाध्याय / नवलपरासी , ६ पुस
पश्चिम नवलपरासी बर्दघाट नगरपालिका अन्तर्गत टि.सि.यन. चोकबाट रेडिमेट कपडा प्रहरीले बुधबार बरामद गरेको छ।
पुर्व पश्चिम राजमार्ग सङ्ग जोडिएको बर्दघाट टि.सि.यन. चोकमा भन्सार छली लुकाइछिपाइ ल्याइएको कुर्ता सुरुवाल ३० पिस रेडिमेट कपडालाइ इलाका प्रहरी कार्यालय बर्दघाटको जनशक्तिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक विरेन्द्र के.सी. ले जानकारी दिनुभएको छ।
प्रहरीले बरामद गरेको कुर्ता सुरुवाललाइ थप आवश्यक कारवाहिको लागि महेशपुर भन्सार पठाइएको प्रहरीले बताएको छ।
सिमापार भारतीय बजारबाट रेडिमेट कपडा बर्दघाटमा पक्राउ परेपनी व्यक्ति अदृश्य रहेको जनाइएको छ। जिल्लाको दक्षिणी सिमानाकामा प्रशस्त सुरक्षा युनिट हुदाहुदै अवैध सामाग्री बर्दघाटमै बरामद हुनुलाई अन्य युनिटलाइ चुनौती थपिएको पनि जानकारीमा आएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

