उमेश बि.क / नवलपरासी , ६ पुस
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ पुसाैलीमा अवस्थित जनजागृति अधारभुत विद्यालयकाे नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।
बुधबार विद्यालयमा भएको अभिभावक भेलाले सफिउल्लाह अन्सारी विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित ९ जना पदाधिकारी चयन गरिएको जनजागृति अधारभुत विद्यालय पुसाैलीकाे प्रधानाध्यापक ब्रम्हा पटेलले जानकारी दिनुभएको छ ।

विद्यालयमा पुरानो व्यवस्थापन समितिको म्याद सकिएको कारण नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । अन्य पदाधिकारीमा सदस्यहरु रसुल अन्सारी ,लक्ष्मी कुमारी चाैधरी ,सितारा नेशा, संगिता कुमारी हरिजन ,अकबर चुरिहार , पदेन सदस्य वडा नम्बर ६ वडा अध्यक्ष छाेटेलाल गुप्ता , शिक्षक प्रतिनिधि महबुब अन्सारी तथा सदस्य सचिव विद्यालयका प्र.अ ब्रम्हा पटेल रहनुभएको छ । 
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

