Rashtriya Dainik

खातुनको निधन प्रति सांसद चौधरीद्धारा दुख व्यक्त

नवलपरासी , २५ मङ्सिर । संघीय सांसद बिनोद चौधरीले नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) सरावल गाउँपालिका वार्ड –६ निवासी सामाजिक अभियन्ता स्व. नसीबा खातुनको निधन प्रति दुख व्यक्त गर्नुभएको छ । मुलकको व्यवस्था परिवर्तनका लागि राणाशासन कालमा महत्वपुर्ण भुमीका निर्वाह गर्नुभएकी १२० बर्षिय खातुनको निधनले नेपाली समाजमा एक महत्वपुर्ण व्यक्ती गुमाएको महशुस गरेको छु चौधरीद्धारा जारी समवेदनामा उल्लेख छ ।

चौधरीद्धारा जारी समवेदनामा खातुनको मिती २०७९÷०८÷२४ गते भएको दुखद निधनको यस घडीमा शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदन प्रकट गरिएको उल्लेख छ ।
यसैविच सांसद चौधरीले नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) सरावल गाउँपालिका वार्ड –७ निवासी सामाजिक अभियान्ता स्व. रामनरेश मिश्राको निधन प्रति दुख व्यक्त गर्नुभएको छ । सामाजीक क्षेत्रमा क्रियाशिल व्यक्तीत्व ७९ बर्षिय मिश्राको निधनले नेपाली समाजमा एक महत्वपुर्ण व्यक्ती गुमाएको महशुस गरेको छु समबेदन प्रकट गरिएको उल्लेख छ । मिश्राको मिती २०७९÷०८÷२१ गते भएको दुखद निधनको यस घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समबेदन प्रकट गर्दछु समबेदनामा उल्लेख छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित