राष्ट्रिय दैनिक / नवलपरासी , २५ मंसिर
पश्चिम नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत चुरे क्षेत्रमा पर्ने तुरिया नदीबाट अवैध रूपमा ढुंगागिट्टी उत्खनन भए पनि कारबाही हुन सकेको छैन ।
कारबाही गर्ने जिम्मेवार निकाय स्थानीय तह, वन कार्यालय र प्रहरी प्रशासन भने एक–अर्कालाई दोष दिएर पन्छिँदै आएका छन ।
तुरिया नदीबाट ढुंगागिट्टी उत्खनन गर्न गिरोह नै सक्रिय भएको छ । नदीको आडैमा थुपारेर राखिएको ढुंगागिट्टी, बालुवा,मिसकट रात ,दिन अन्यत्र लगिन्छ ।
चुरे क्षेत्रको पानभर र तुरिया खोलाबाट पनि ट्रयाक्टरमा ढुंगागिट्टी,बालुवा,मिसकट निकासी गरेर तुरियास्थित नदीको आडैमा ठूलो परिमाणमा संकलन गरिएको छ । यस्तो उत्खनन दैनिक हुँदै आएको स्थानीय बताउँछन ।
यसबारे नियन्त्रण गर्ने निकायलाई जानकारी भए पनि कुनै कारबाही हुन सकेको छैन । उल्टै एकअर्का विरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन ।

सुनवल नगरपालिकाको मेयर विमला अर्यालले खोला दोहन रोकन खोला कुरुवा कर्माचरी ६ जना राख्नु भएको छ । खोलाकुरुवा प्रति कर्माचरी दैनिक ६०० को दरले ६ जना लाई दैनिक ३६०० खर्चिएको छ । तर पनि खोला दोहन रोकिएको छैन ।
हाल सम्म उक्त कर्माचरीहरुको अनुहार नदेखिएको नगरका कर्माचरी बताउछन । मेयर अर्यालले प्रहरी प्रशासनले हेरेन भन्ने उता प्रहरीले भन्ने हामी समाते नगरबाट छाडन आदेश दिने गर्ने के ।
वनसमेतको मिलोमतो नभई चुरेबाट ढुंगागिट्टी संकलन सम्भव छैन,’स्थानिय भने। वन कार्यालय, प्रहरी र स्थानीय तह मिलेर ढुंगागिट्टी उत्खनन चोरी रोक्न नसक्नु पछडी कमिसनको खेल हो । दिन भारी नदिजन्यपदर्थ चोरी गर्नको लागी प्रति टयाक्टर दैनिक एक हजार नगर प्रहरी, सुनवल ईलाक प्रहरी कार्यलय ,वन कार्यलय, खोला कुरुवा सवै लाई भाग बन्डा लागई दिने गरेको स्थानियले वताए ।
नदी छेउमा बिना इजाजत ढुंगागिट्टी संकलन गर्न पाइँदैन । सुनवल नगरपालिकाले चुरेक्षेत्रका खोला तथा नदीबाट ढुंगा निकासी गर्न रोक लगाएको दाबी गर्दै आएको छ । नगरप्रमुख विमला अर्यालले हामी मात्र रोक्न सक्दैनौ यसमा स्थानिय वासी ,प्रहरी प्रशासन ,वन कार्यलय सवैको सहकार्य जरुरी छ ।
यसमा ‘वन र प्रहरी प्रशासनको सेटिङमा ढुंगा–गिट्टी ढुवानी भइरहेको छ । यसमा नगरपालिकाको कुनै सरोकार छैन बताउनु भयो ।

वन कार्यालय र प्रहरी–प्रशासनको मिलेमतोमा ढुंगागिट्टी संकलन गरी ओसारपसार भइरहेको स्थानिय आरोप लगाए । ‘चुरेबाट ढुंगागिट्टी ल्याउन अनुमति दिएकै छैनौं । यो सबै नियमविपरीत संकलन गरेर राखिएको छ डिभिजन वन कार्यलयका प्रमुख महेन्द्र वाग्ले बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

