राजन चौधरी / रुपन्देही , २४ मंसिर
“सभ्य समाजकाे पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान” मुल नाराका साथ ३१ अौं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सियारी गाउँपालिका सम्पन्न भएको छ।
सियारी गाउँपालिकाको आयोजनामा पालिकाका उपाध्यक्ष तारा थारुको अध्यक्षता तथा पालिका अध्यक्ष थानेश्वोर घिमिरेको प्रमुख अतिथ्यातामा भएको समापन बाेल्दै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक रहेको भन्ने मान्यतालाई आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सके मात्र सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुगिनेमा जोड दिदै लैङ्गिक हिंसा पुरुषले महिलालाई मात्र नभइ महिला बाटै महिलामा भएको समाजमा देख्न पाइएको बताउनुभयो ।
पुरुष र महिला एउटा रथका दुई भपाङ्गा भएकोले पाङ्ग्रा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैं समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्दछ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा भाग ओगट्ने, समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागिता र विकास हुनु त्यत्तिकै जरुरी हुन्छ । विकास भनेको मानिसहरूको आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठाको वृद्धि गराउनु वा उनीहरूको जीवनलाई गुणस्तरीय बनाउनु हो । सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ भन्नेमा जोड दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा सियारी गा.पा उपाध्यक्ष तारा थारुले कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता आवश्यक रहेको बताउनुभयो । वास्तवमा नारी र पुरुष दुवै समान छन् । देशको सर्वाङ्गीण विकासका लागि महिला र पुरुषको समान भूमिका हुन्छ । वेद, उपनिषद र पुराणहरूमा पनि नारी महिमाको वर्णन गरिएको छ । लिङ्गको आधारमा पुरुष र महिला छुट्टिन्छ । यो अपरिवर्तनीय छ । कामको आधारमा पुरुष र महिलाबीचको भेदभाव समाजले गरेको हुन्छ । यसलाई परिवर्तन गर्न सकिन्छ । मानिस स्वयंले बनाएको भेदभावलाई हटाउन आवश्यक छ भन्ने कुरामा जोड दिनु भएको थियो ।
साथै यस बर्ष गा.पाले प्रत्येक वडा वाडामा कार्यक्रम गरेको र अर्को बर्ष टोल टोलमा गर्ने भनी जानकारी गराउनु भएको थियो ।

वडा वाडामा कार्यक्रमकाे प्रशिक्षक सृजना सुवेदी रहनु भएको थियोे ।
सियारी गाउँपालिकाको महिला बिकाश शाखाका निरिक्षक शान्ता पौडेलले समापन कार्यक्रम संचालन गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

