Rashtriya Dainik

नवलपरासीमा उखु बालीमा आगो लाग्दा लाखौंको क्षति

नवलपरासी, १८ मंसिर ।

पश्चिम नवलपरासीको प्रतापपुरमा उखु खेतिमा आगो लाग्दा झन्डै १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रतापपुर ५ बेतहानीमा आइतबार दिउँसो स्थानीय सात जना किसानको ४ विगाहा ८ कठ्ठा क्षेत्रफलमा लगाईएको उखुमा आगो लाग्दा १२ लाख ९८ हजार बराबरको क्षति भएको हो ।

स्थानीय र प्रहरीको सहयोगले आगो नियन्त्रणमा लिएपनि आगो के कति कारणले लागेको हो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

सो आगलागीमा सबैभन्दा बढी बेलास सिंहको दुई विगाहामा लगाएको उखु जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । यसैगरी भिकारी कुर्मीको १६ कट्ठा, जुगुल गुप्ताको ७, रामदुलार लोनियाको ५, सञ्जय पासीको १२, महेन्द्र पासी र रविन्द्र पासीको ४÷४ कट्ठामा लगाईएको उखु बालीमा आगो लागेको हो ।

अहिले उखु क्रसिङ्ग गर्ने समय भएकाले किसानहरु उखु काटेर बेच्ने तयारीमा रहेका बेला उखु खेतमा आगो लागेपछि चिन्तित भएका छन् । आगो फैलिएपछि प्रहरी र स्थानीयले उखु खेतको बीचमा उखु फाँडेर अग्नी रेखा बनाई आगो नियन्त्रणमा लिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित