Rashtriya Dainik

नवलपरासीमा आगो बालेर सुत्दा जलेर एक जनाको मृत्यु

नवलपरासी , १८ मंसिर

पश्चिम नवलपरासीको रामग्राममा चिसोबाट बच्न आगो बालेर सुत्दा जलेर एक जनाको मृत्यु भएको छ ।

रामग्राम नगरपालिका वडा नम्बर १२ शान्तीचौरमा भारतको महाराजगंज घर भई परासीमा तरकारी बेचेर गुजारा गर्दे आएका ६० वर्षिय रामलखन लोनियाको जलेर मृत्यु भएको हो ।

चिसो भएका कारण विस्तारा नजिकै आगो बालेर सुतेका उनको टिनले छाएको टहरामा आगो सल्किएपछि जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

तर उनले अन्त्याधिक मदिरा सेवन गरेका कारण आगो लागेर जल्दा समेत थाहा नपाउदा मृत्यु हुन पुगेको बताईएको छ ।

रातिनै स्थानियले टहरामा लागेको आगो निभाएपनि घर भित्र मानिस भए नभएको थाहा नहुदा उनको उद्धार हुन नसकेको स्थानियले बताएका छन् । मृतक लोनियाका आफन्तलाई भारतमा जानकारी गराईसकिएको प्रहरीले जनाएको छ ।

जाडो मौसममा तराईका जिल्लामा गुईठा, दाउरा बालेर सुत्ने गर्दा आगालागी बाट जनधनको क्षति हुदै आएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित