राष्ट्रिय दैनिक / नवलपरासी , १८ मंसिर ।
संघीय सांसद विनोद चौधरीले आफ्नो निर्वाचन क्षेत्रको चौतर्फी बिकासका काम अघि सुरु गर्नुभएको छ ।

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य चौधरी आफ्नो निर्वाचन क्षेत्रलाई चौतर्फी रुपमा बिकास तथा सम्बृद्धि तर्फ अघि बढाउन सवै पालिकामा पुगेर छलफल अघि बढाउनुभएको हो ।
चौधरीले अाइतबार सरावल गाउंपालिकाका जनप्रतिनिधीहरु संग छलफल गरी बिकासका लागी काम अघि बढाउनुभएको छ ।
चौधरीले छलफलको क्रममा यस क्षेत्रको चातर्फी विकासका लागि पालिकाहरुसंग समन्वय गरी यस क्षेत्र भौतिक पुर्वाधार सहित शिक्षा, स्वास्थ्य , खानेपानी , स्वरोजगार लक्षीय योजनाहरु प्राथमिकताका साथ अघि बढाईने चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा हालसम्म निर्माणाधिन अवस्थामा रहेको विभिन्न सडक सन्जाल , पुल , बाटो घाटो सहित विभिन्न योजनाहरुलाई तत्काल प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफु यस क्षेत्र केन्द्रिय हुने चौधरीले बताउनुभयो ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ क लुम्बिनी प्रदेशसभा सदस्य खडक बस्नेतले पालिकाकाे समस्या अधारमा अाफुले बजेट बिनियाेजन गरि प्रभावकारी रुपमा काम गर्ने बताउनुभएको थियो ।

साे कार्यक्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरी , उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत दुर्गा पाैडेल तथा वडा अध्यक्षहरुले मलखाद ,भुजहवा देखि गाेबरहिया बाटाे टु वे ,विद्युतिकरण ,डुबान समस्या , अार्सेनिक भएको पानी , प्राविधिक विद्यालय नभएकोले याे विषयमा समस्या भएकोले यश विषयमा विशेष प्राथमिकता राख्दै काम गर्ने सांसद चाैधरी र विधायक बस्नेतलाई अाग्रह गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

