Rashtriya Dainik

सरावलमा अपांगतालाई सहायक सामग्री हस्तान्तरण

राष्ट्रिय दैनिक / नवलपरासी , १८ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा पालिका अन्तर्गतका अपांगता भएको ब्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ ।

फेअर मेडकाे सहयोग तथा सरावल गाउँपालिकाकाे समन्वयमा शारीरिक अपांगलाई ह्वीलचियर , क्यान,ट्राइ साइकल ,सेतो छडी लगाएतकाे सहायक सामग्री पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीले हस्तान्तरण गर्नुभएको हाे।

सहायक सामग्री हस्तान्तरण गर्दै पालिका अध्यक्ष चाैधरीले अपांगताको शारीरिक अवस्थालाई होईन उसको क्षमता र योग्ताको आधारमा अवसरको सृजना गर्नु पर्ने र अपांगताको सवालको कुरा कोठामा मात्र सिमित नगरी परिवार समाजमा सकारात्म परिवर्तका लागि सन्देश फैलाउनु पर्नेमा जोड दिनु भयो । चाैधरीले पालिका मार्फत अपांगता भएका व्यक्तिहरुकाे अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्दै अगाडि बढाउन विशेष भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , वडा अध्यक्ष तथा अपांगता भएको ब्यक्तिहरुकाे सहभागीतामा सहायक सामग्री हस्तान्तरण गरिएको हाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित