राष्ट्रिय दैनिक / नवलपरासी , १७ मंसिर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बेलाटारीमा ३१ अाैँ अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा बेलाटारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर गाउँपालिकाकाे समन्वय सहकार्य तथा युनाइटेड मिसन टु नेपालको सहयोग , सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना एवं अपांगता समावेशी विकास परियोजना अन्तर्गत कार्यक्रम गरिएको हाे।

वडा नम्बर ९ स्तरीय अपांगता सन्जालका अध्यक्ष चेत बहादुर चाैधरीकाे अध्यक्षता तथा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चाैधरीकाे प्रमुख अातिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बाेधन गर्दै उपाध्यक्ष चाैधरीले अपाङ्गतालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको थियो । अन्य व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिले पनि केहि गर्न सक्छ भनेर उनिहरुलाई अवसर र हौसला प्रदान गर्न सके समृद्ध समाजको बिकास हुने बताउनुभयो । उपाध्यक्ष चाैधरीले पालिकाबाट अपांगता भएका ब्यक्तिका लागि बजेट बिनियाेजन गरिएको छ त्यसलाई छिट्टै विविध कार्यक्रम गरि प्रत्यक्ष लाभ दिने बताउनुभयो । स्थानीय निकायबाट बन्ने हरेक संरचना अपांगतामैत्री बनाउने कुरामा जाेड दिदै सुनवल सामुदायिक बिकास केन्द्रकाे कामकाे खुलेर प्रशंसा गर्नुभएको थियो ।

त्यस्तै युनाइटेड मिसन टु नेपालकाे अपांगता समावेशी विकास परियोजना ब्यवस्थापक अन्जना श्रेष्ठले अपाङ्गगता भएकाहरुको सवालमा सबै पक्षले साझेदारी गर्नुपर्नेमा जोड दिनुभएको थियो । अपांगताको सवालमा सबै सरोकारवालाहरु गम्भिर भएर ब्यबहारमा उतार्नु पर्नेमा जोड दिनु भयो । अपांगताको शारीरिक अवस्थालाई होईन उसको क्षमता र योग्ताको आधारमा अवसरको सृजना गर्नु पर्ने र अपांगताको सवालको कुरा कोठामा मात्र सिमित नगरी परिवार समाजमा सकारात्म परिवर्तका लागि सन्देश फैलाउनु पर्नेमा जोड दिनु भयो । श्रेष्ठले परियोजना मार्फत अपांगता भएका व्यक्तिहरुकाे अधिकार प्रवर्द्धन तथा समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्दै अगाडि बढाउन विशेष भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे ।

त्यस्तै वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिदेव दासले अपांगता प्रतिको धारणा र दृष्टिकोण सकारात्मक बनाउ सबैले अन्तर आत्मबाट बनाउनु पर्ने भन्दै अपांगताको सवालका बारेमा स्थानियतहहरुमा समन्वकारी भूमिका खेल्ने बताउदै वडाबाट हुने सहयोग साथ सुनवल सामुदायिक बिकास केन्द्रलाई दिने बताउनुभएको थियोे ।

कार्यक्रममा महिला , बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत सिमा यादव , सिबिअार नेटवर्क नवलपरासीको अध्यक्ष बच्चा राजभर तथा कार्यपालिका सदस्य , वडा सदस्य , विद्यालयमा प्र.अ , अपांगता क्षेत्रमा काम गर्ने संस्था प्रतिनिधि एवं अपांगता भएको ब्यक्तिहरुकाे उल्लेख्य सहभागीता रहेको थियोे ।

कार्यक्रममा अपांगता दिवसको अवसरमा परियोजना मार्फत विभिन्न कार्यक्रममा सहभागी विजेतालाई पुरस्कार वितरण गरिएको थियो । साथै प्रतापपुर गाउँपालिका अन्तर्गत अपांगता भएको ब्यक्तिकाे हक अधिकारकाे लागि वकालत गर्ने र साे क्षेत्रमा सहयोग पुर्याएको भन्दै बच्चा राजभरलाई दोसल्लाद्धारा सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी अपांगता भएका व्यक्तिहरुले आफ्ना समस्या भोगाइ सुनाएका थिए । उनिहरुले आफूहरुलाई जिवन यापनका लागि सहजीकरण गर्न र पारिवारिक र सामाजिक साथ सहयोगको खाँचो रहेको आवश्यकता औँल्याएका छन् । उपस्थित भएका अपांगता व्यक्तिहरूले राज्यले हेर्ने दृस्ठिकोणमा केही सुधार भएपनि त्यो पर्याप्त नरहेको गुनासो समेत गरेका थिए ।
अन्तरक्रिया कार्यक्रममा लघु नाटक प्रस्तुत गरिएको थियोे ।

सुनवल सामुदायिक बिकास केन्द्रद्वारा सन्चालित अपांगता समावेशी विकास परियोजना पुनरस्थापना संयाेजक राधा तिमिल्सिनाकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन उमेश बि.कले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

