रंजीत शर्मा/ नवलपरासी, १७ मंसीर।
पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वार्ड नं ०३ कुश्मामा अवस्थित सिद्धार्थ मा.वि. का अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।

समावेशी विकासका लागि रुपान्तरित समाधान; पहुच युक्त र समतामुलक विश्वको लागि ऊर्जावान सिर्जनशिलता प्रावधान भन्ने मूल नाराका साथ ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सिद्धार्थ माध्यमिक विद्यालयका १० जना सुस्त श्रवण भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो।

अस्ट्रेलियन एड,युनाइटेड मिशन टु नेपाल, ट्रान्सफर्म इन्टरनेशनको आर्थिक सहयोग तथा पाल्हीनन्दन गाउँपालिकाको समन्वय र सुनवल सामुदायिक विकास केन्द्रको अायाेजनामा सम्पन्न भएको हो।

न्यानो कपडा वितरणको औपचारिक कार्यक्रम पाल्हिनन्दनका अध्यक्ष वैजु प्रशाद गुप्ता ( दीपक) को अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा उपाध्यक्ष फातुमा खातुन अन्सारी (सकिना), वार्ड अध्यक्ष गोधन हरिजन,कार्यपालिका सदस्य अनामिका हरिजन,घरेलु हिंन्सा न्युनिकरणका लागि सामुदायिक मेलमिलाप तथा सम्बाद परियोजना संयाेजक कृष्ण पाण्डेय , अपांगता समावेशी विकास परियोजना संयाेजक श्यामसुन्दर ढुंगाना ,सिद्धार्थ मा.वि कुश्मा प्रधानध्यापक रविन्द्र शर्मा, ज्ञान कुञ्ज इंग्लिश स्कूलका संस्थापक रामेश्वर यादव,यूवा समाजसेबी पशुपति गुप्ता, समाजसेवि रामदास गुप्ता,ज्ञासुद्दिन अन्सारी,पत्रकार रंजीत शर्मा लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन सामाजिक परिचालक अशोक गुप्ताले गरेका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

