Rashtriya Dainik

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा सम्पन्न

रन्जीत शर्मा  / नवलपरासी , १७ मंसीर ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वडा न० ३ कुश्मामा अवस्थित लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि०को १४ वार्षिक साधारणसभा आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवस्थापक सोनी चौहानले २७६ जना सेयर सदस्य रहेको संस्थाले आ०ब० ०७८/०७९ मा ४७ लाख ५६ हजार ४ सय ६९ को कारोबार गर्दै १ लाख ७१ हजार ४ सय ९० रुपियाँको शुद्ध नाफा आर्जन गरेको बताएकी छिन् ।

लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि० का अध्यक्ष सुशील गुप्ताको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता( दीपक) को प्रमूख अतिथिकतामा सम्पन भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुप्ताले सहकारीले समाज विकास निर्माण कार्यमा अमूल्य योगदान गरेको भन्दै आगामी दिनमा यसको असल मूल्याकंन हुने विश्वाश व्यक्त गरेका छन्।

कार्यक्रममा पाल्हिनन्दन गाउपालिका वडा न० ३ का वार्ड अध्यक्ष गोधन प्रसाद हरिजन,वडा सदस्य जडावती लोनिया,ज्ञान कुञ्ज इंग्लिश स्कूलका संस्थापक रामेश्वर यादव, यूवा समाजसेबी पशुपति गुप्ता, समाजसेवि रामदास गुप्ता,ज्ञासुद्दिन अन्सारी लगायतको उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य संस्थाका सह-व्यवस्थापक बबिता हरिजनले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन रन्जीत शर्माले गरेका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित